निरङ्कुश पञ्चायती व्यवस्थाको चरम दमनको अवस्थामा २०४० साल बैशाख १ गते टे«किङ क्षेत्रमा कार्यरत मजदुरहरूले आप्mनो हक हित र अधिकार प्राप्तिको लागि ट्रेकिङ मजदुर संघ, नेपालको स्थापना गरेका थिए । नेपाल ट्रेड युनियन महासंघको चार वटा संस्थापक सदस्य युनियनहरूमध्ये ट्रेकिङ मजदुर संघ, नेपाल पनि एक हो । त्यसबेला यस युनियनको अध्यक्ष स्वर्गिय नुरु वाङछु सेर्पा हुनुहुन्थ्यो । नेपाल ट्रेकिङ मजदुर संघको पहिलो राष्ट्रिय सम्मेलन २०४० साल बैशाख १ गते भएको थियो । यस युनियनले २०४६ सालको जनआन्दोलनपछि थुप्रै किसिमका मजदुर गतिविधिहरू सञ्चालन गर्दै अगाडि बढिरहेको छ । २०५५ साल पौष २५ गते सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले यसको कार्यक्षेत्रलाई पैmलाएर लानुपर्ने महसुस गरी ट्राभल्स र रयाफ्टिङ क्षेत्रलाई पनि समेट्ने निर्णय गरयो । त्यही बेला यस युनियनको नाममा ट्राभल्स र रयाफ्टिङ थपिएको थियो, पछि एयरलायनस पनि थपेर नेपाल ट्रेकिङ–ट्राभल्स–रयाफ्टिङ, एयरलायन्स मजदुर युनियन राखियो, छोटकरीमा युनिट्राभ भनी नामाकरण गरियो ।

संबद्ध गतिविधिहरू

पाकिस्तानको “ब्रोड पिक” हिमालमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित बेपत्ता खबरले यूनिट्राभ मर्माहत

पाकिस्तानस्थित “ब्रोड पिक” शिखर आरोहणका क्रममा हिम पहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा मगर (निम्स दाइ) सहित नेपाली आरोहीहरू (पुनबहादुर गुरुङ, निमा शेर्पा, ङवाङ्गथिन्दु शेर्पा, किली पेम्बा शेर्पा (किलु), गेलु शेर्पा सहित विदेशी नागरिक समेत) बेपत्ता भएको खबरले नेपाल ट्रेकिङ्ग-ट्राभल्स-र्याफ्टिङ्ग-एयरलाइन्स श्रमिक यूनियन (यूनिट्राभ) ले अत्यन्त मर्माहत भएका जनाएको छ।

यूनिट्राभले भनेको छ, ‘पर्यटन तथा पर्वतारोहण क्षेत्र नेपालको अन्तर्राष्ट्रिय पहिचान, गौरव र अर्थतन्त्रको महत्वपूर्ण आधार हो । प्रतिकूल मौसम, हिमपहिरो र अन्य प्राकृतिक जोखिमकाबीच आफ्नो ज्यानको बाजी राखेर कार्यरत पर्वतारोही, उच्च हिमाली गाइड तथा सहयोगी श्रमिकहरूले राष्ट्रको प्रतिष्ठा उँचो बनाउन पुऱ्याएको योगदान अतुलनीय छ । उनीहरूको साहस, समर्पण र व्यावसायिक दक्षताप्रति युनिट्राभ नेपाल उच्च सम्मान व्यक्त गर्दछ ।’

यस दुःखद घडीमा बेपत्ता रहेका सम्पूर्ण आरोहीहरूको शीघ्र सकुशल उद्धार होस् भन्ने कामना गर्दै खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र समन्वयात्मक बनाउन पाकिस्तानस्थित नेपाली दूतावास, पाकिस्तानी सरकार, सरोकारवाला सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय समुदायसँग यूनिट्राभले अनुरोध गरेको छ साथै कुटनैतिक पहलकदमीका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयलाई यूनिट्राभले अनुरोध गरेको छ।
यस विपद्को समयमा विक्षिप्त आफन्त तथा परिवारजनका साथै सम्पूर्ण नेपाली पर्वतारोहण समुदायप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।

यूनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुली र महासचिव रामबहादुर श्रेष्ठद्वारा संयुक्तरूपमा जारी विज्ञप्ति भनिएको छ, ‘यस घटनाले पुनः एकपटक उच्च हिमाली क्षेत्रमा कार्यरत श्रमिकहरूको सुरक्षा, बीमा, उद्धार संयन्त्र, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य सुरक्षालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार थप सुदृढ बनाउनु पर्ने आवश्यकता महशुस भएको छ । नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला निकायले यस विषयमा आवश्यक पहलकदमी गर्न नेपाल ट्रेकिङ, ट्राभल्स राफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (यूनिट्राभ) नेपाल केन्द्रीय कमिटी परिवार आग्रह गर्दछ । यस कठिन घडीमा सम्पूर्ण पर्वतारोहण समुदायसँग सँगसँगै काम गर्न यूनिट्राभ नेपाल ऐक्यबद्धता व्यक्त गर्दछ ।’