नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट)आवद्ध नेपाल ट्रेकिङ–ट्राभल्स–रयाफ्टिङ, एयरलायन्स मजदुर युनियन (युनिट्राभ)को राष्ट्रिय अधिबेशन २०८३ सालको जेठ २४ गते आयोजना गर्ने भएको छ ।
युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा पुस १२ गते जिफन्ट सभाहलमा सम्पन्न बैठकले १४ औं राष्ट्रिय अधिबेशन काठमाण्डो गर्ने निर्णय गरेको हो ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, महासचिब लक्ष्मण शर्माको उपस्थीतीमा सम्पन्न बैठकमा १३ औं अधिवेशनले पारीत कामको समिक्षा तथा भावी कार्ययोजना बारेमा छलफल भएको थियो ।