युनिट्राभले मनायो ४२ औँ स्थापना

नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टको संस्थापक घटक युनियन युनिट्राभको ४२ औँ स्थापना दिवस बैशाख ३ गते जिफन्ट सभाहलमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

कार्यक्रम प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले तत्कालीन निरंकुश पञ्चायती तानाशाही कालको कठिन भूमिगत अवस्थामा २०४० साल वैशाख १ गते नेपाल ट्रेकिङ मजदुर सङ्घको नामबाट हालको युनिट्राभ स्थापना भएको बताउनु हुँदै २०४६ सालमा नेपालको पर्यटन क्षेत्रका मजदुरहरूको हक अधिकारको लागि ८४ सूत्रीय मागपत्र नेपाल सरकारलाई पेश गरेको यस संगठनले २०४७ सालको प्रजातन्त्र पुन स्थापनापछि ट्रेकिङ मजदुरहरूको मर्यादित काम र उचित ज्यालाका लागि कार्य सुरु गरेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले युनियनको प्रभाव र सक्रियताको फलस्वरूप कल्याणकारी कोष, ज्याला वृद्धि, बिमा रकमको वृद्धि,  लगायत विभिन्न हिमालको बेस क्याम्प नदी ताल तलैया सिमसार क्षेत्र सरसफाई अभियान सञ्चालन निरन्तर गरीरहने पहिलो संस्थाको रुपमा यो युनियन स्थापित भएको भन्नु हुँदै यस क्षेत्रमा काम गर्ने श्रमिकहरूकोलागि गर्नु पर्ने काम घेरै बाँकी छ, ती कामहरूलाई सम्पन्न गर्न संगठीत शक्ति बिना पुरा नहुने जिकिर गर्नु हुँदै प्राप्त उपलब्धिको रक्षा र थप प्राप्तिकालागि र यस क्षेत्रमा रहेका चुनौतीहरूलाई सामना गर्न स्थापना दिवसले थप प्रेरणा मिल्ने विश्वास सहित मर्यादित कामको आन्दोलनमा जिफन्ट सधैँ अग्रभागमा रहेर साथ सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा महासचिब राम बहादुर श्रेष्ठले संचालन गर्नु भएको सो कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल र जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट नेस्वहोमयू अध्यक्ष लक्ष्मण तिवारीले शुभकामना मन्तब्य राख्नु  भएको थियो ।
थप् फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122148798488435116&type=3

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम