युनिट्राभ र एनएमएको सहकार्य र समन्वय अवश्यक छ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल ट्रेकिङ, ट्राभल, र्‍याफ्टिङ एण्ड एयरलाइन्स मजदुर युनियन (युनिट्राभ) ले साउन २२ गते पर्यटन श्रमिकहरूको सामाजिक सुरक्षा तथा नेपाल पर्वतारोहण संघ (NMA) को आगामी भदौमा हुने  निर्वाचनमा युनिट्राभको भूमिका तथा प्रतिनिधित्व विषयक अन्तरक्रिया सम्पन्न गरेको छ।

जिफ्न्ट अध्यक्ष बिनोद श्रेष्ठले युनिट्राभ र NMA बीच विगत दुई दशकदेखि कायम रहेको भाइचाराको सम्बन्ध र संयुक्त रूपमा श्रमिक तथा आरोहीहरूको हितमा गरिएका कामहरूको चर्चा गर्दै आगामी दिनहरूमा पनि सहकार्य र समन्वय जारी राख्नु पर्ने बताउनु भएको छ । 

युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पर्वतारोहण संघका पूर्व कोषाध्यक्ष तथा वर्तमान अध्यक्ष पदका उम्मेदवार टिकाराम गुरुङ, युनिट्राभ सल्लाहकार समिति अध्यक्ष तथा नेपाल पर्वतारोहण संघका पूर्व कार्यसमिति सदस्य सार्की तामाङ र बागमती प्रदेश पर्यटन क्षेत्रका प्रदेश सदस्य टिकाराम नेपाली लगायतले मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रमको  संचालन युनियनका महासचिव राम बहादुर श्रेष्ठले गरेका थिए।