नेपाल पर्वतारोहण संघको भाद्र ७ गते हुन गइरहेको निर्वाचनमा जिफन्ट अवद्ध युनियन युनिट्राभको तर्फबाट ४ जनाको उम्मेदवारी धोषणा गरेको छ ।
पर्वतारोहि श्रमिकको भेला भाद्र १ गते जिफन्ट सभाहलमा भएको भेलाले मिङमार शेर्पा, सन्देश शेर्पा, जेनजेन लामा र फुरतेन्जि शेर्पालाइ उम्मेदबार बनाउने घोषणा गरेको हो ।

भेलामा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले बिजयकालागी शुभकामना दिनु हुंदै आरोहि श्रमिकको भावना सम्बोधन हुने गरी, मर्यादित काम, उचित ज्याला, सामाजिक सुरक्षा र दक्ष जनशक्तिको बिकासकालागि प्रभावकारी भुमिका खेल्नु पर्नेमा जोड दिंदै यस्कालागि जिफन्ट सधै तपाईंहरूको साथ रहेको बताउदै विजयकालागि शुभकामना दिनु भयो ।

भेलामा जिफन्ट उपाध्यक्ष सीता लामाले पेशा गत हकहित र आरोहिको भावना को कदर गर्दै श्रमिकहरूको तर्फबाट पर्वतारोहण संघमा महत्वपुर्ण भुमिका निर्वाहा गर्न शुभकामना दिनु भयो ।

युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा महासचिब राम बहादुर श्रेष्ठले संचालन गर्नु भएको भेलामा पर्वतारोहण संघको चारै जना उम्मेदवारले श्रमिकहरूको भावना र तीनिहरूको हक अधिकारकोलागि प्रतिवद्ध रहेको बताउनु भएको छ ।