नेपाल स्वतन्त्र होटल मजदुर युनियनको गठन २०३७ सालमा भएको हो । होटल सोल्टी व्यवस्थापनले मजदुरहरूलाई चरम दमन र शोषण गरेपछि त्यसको विरोधमा श्रमिकहरू आन्दोलनमा उत्रिए । उक्त आन्दोलनलाई दबाउने उद्देश्यले झण्डै नौ सय मजदुरहरूलाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लब लगायत विभिन्न प्रहरी थानाहरूमा ४८ घण्टासम्म थुनियो । त्यही घटनाले होटल मजदुरहरूलाई स¨ठित हुन पे्ररित ग¥यो । परिणाम स्वरूप होटल सोल्टी, एभरेस्ट, याक एण्ड यति र कृस्टलका मजदुरहरू भेला भई २०३७ मंसिर १३ गते नेपाल स्वतन्त्र होटल मजदुर युनियनको गठन गरियो । नेस्वहोमयू होटल, लज, गेष्ट हाउस, रेष्टुराँ, जंगल लज, क्यासिनो, क्लब तथा क्याटरीङ्ग क्षेत्रमा कार्यरत मजदुरहरूको साझा संगठन हो । जिफन्टको संस्थापक युनियनमध्ये एक रहेको यो युनियन श्रम विभागमा पाँचौँ नम्बरमा दर्ता भएको छ ।

संबद्ध गतिविधिहरू

नेस्वहोमयुले ४६औं स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्व नेस्वहोमयुद्वारा पुर्व अध्यक्ष स्व. माधव न्यौपानेको स्मृतीमा स्थापना गरेको छात्रबृत्ति एवं सर्वोउत्कृष्ट ट्रेड युनियन पुरस्कार युनियनको ४६औं स्थापना दिवसको सन्दर्भमा पुस ४ गते  बितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिफन्ट अध्यक्ष  बिनोद श्रेष्ठले पुरस्कार बितरण गर्नुहुंदै होटल क्षेत्रमा नियमित  रोजगारीको संख्या भन्दा आउट सोर्स कम्पनीबाट अएका श्रमिकहरूको संख्या बढी रहेको तर ती श्रमिकहरूलाइ संगठनको दायरामा ल्याउन नसक्नु अहिलेको युनियन अन्दोलनको ठुलो चुनोती रहेको बताउनु भयो ।

श्रम एेन  २०७४ अनुसार कुनै पनी प्रकृतिका श्रमिकहरू कानुन भन्दा बाहीर रहन नसक्ने स्पष्ट रहेको भन्नु हुंदै अध्यक्ष श्रेष्ठले युनियन आन्दोलनलाइ बलियो बनाउन आउट सोर्सबाट आएका श्रमिकहरूलाइ पनि समेटनु पर्नेमा जोड दिनु भयो । 

अध्यक्ष श्रेष्ठले नेस्वहोमयुको गौशवशालि इतिहासको सम्झना गर्दै श्रमिक हक, हित र खोसिएका अधिकार प्राप्तीकालागी यस क्षेत्रमा क्रियाशिल सबै युनियनहरूको दृढ संकल्प, साझा धारणा अवश्यक रहेको बताउदै जिफन्टले बिगतमा जस्तै अगामि दिनमा पनि  सहयोग गरीरहेने प्रतिवद्धता समेत जनाउनु भएको थियो  । 

कार्यक्रममा यस बर्षको सर्वोउत्कृष्ट ट्रेड युनियन पुरस्कार नेस्वहोमयु गोकर्ण फरेष्ट रिसोर्टले प्राप्त गरेको को छ भने स्व. माधव न्यौपाने स्मृति छात्रबृत्ति पुरस्कार अन्तरगत छात्रा तर्फ गोकर्ण फरेष्टमा कार्यरत नेस्वहोमयु सदस्य केशव राज सापकोटाका सुपुत्री कृतिष्मा सापकोटालाइ र छात्र तर्फ द सोल्टी होटलमा कार्यरत युनियन सदस्य बुद्धी बहादुर थापाका छोरा कपिल थापा मगरले सम्मान सहित जनही नगद रू १०/१० हजार प्रदान गरेको थियो । 

नेस्वहोमयु अध्यक्ष लक्ष्मण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा युनिट्राभ अध्यक्ष सुमन पराजुली, होटेल एशोसिएसन महासचिव साजन शाक्य लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

नेस्वहोमयु महासचिब कमल धिमिरेले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष ललिता केसीले  स्वागत गर्नु भएको थियो । 


नेस्वहोमयु होटल सोल्टीले दुइ ट्रेड युनियनकर्मीला सम्मान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयु) होटल द सोल्टी प्रतिष्ठानले माघ १ गते अग्रज ट्रेड युनियनकर्मि सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेस्वहोमयु होटल द सोल्टी प्रतिष्ठानको बिभिन्न पदमा रही काम गर्नु भएका अग्रज ट्रेड युनियनकर्मीहरू शिव तिमल्सिना र रमिला श्रेष्ठलाइ सम्मान गरेको छ । 

प्रतिष्ठान अध्यक्ष केशब बहादुर गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले सम्मानीत ट्रेड युनियनकर्मीहरूलाइ बधाइ तथा शुभकामना दिनु हुदै अग्रज नेताहरूको मार्ग निर्देशन र युवाहरूको क्षमतालाइ समन्वय गरी ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाउनु आजको युनियन आन्दोलनको आवश्यकता  रहेको बताउनु भयो ।

प्रतिष्ठान सचिब राजेन्द्र खुलालले संचालन गर्नु भएको  सम्मान कार्यक्रममा नेस्वहोमयु केनद्रीय अध्यक्ष लक्ष्मण तिवारी, उपाध्यक्ष बद्री कुमार भण्डारी र सम्मानित ब्यक्तीत्व शिव तिमल्सिनाले मन्तब्य राख्नु भएको थियो ।

नेस्वहोमयु होटल पोखरा ग्राण्डको अध्यक्षमा यम प्रसाद शर्मा निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन ( नेस्वहोमयु ) होटल पोखरा ग्राण्ड इकाईको असार २८ गते सम्पन्न छैटौं अधिवेशनले यम प्रसाद शर्माको अध्यक्षतामा १४ सदस्यीय कमिटी गठन गरेको छ । 

अधिवेशनलाई सम्बोधन गर्दै युनियन केन्द्रीय अध्यक्ष लक्ष्मण तिवारीले होटल श्रमिकले पाउदै आएको १०% सेवा शुल्क पुन प्राप्ति र  योगदानमा आधारित सामाजिक सुरक्षाको पुर्ण कार्यान्वयनकालागि संगठित भएर लाग्नु पर्ने बताउनु भएको छ । 

अधिवेशनमा जिफण्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले राजनीतिक  परिवर्तन पश्चात् सरकारले ट्रेड युनियन अधिकारलाई संकुचन गर्दै संविधान  र कानुन प्रदत्त  श्रमिक अधिकार खोस्न खोजेको आरोप लगाउदै अधिकार रक्षाका लागि सबै श्रमिक  संगठित हुनुपर्ने बताउनु भयो ।