नेस्वहोमयु होटल सोल्टीले दुइ ट्रेड युनियनकर्मीला सम्मान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयु) होटल द सोल्टी प्रतिष्ठानले माघ १ गते अग्रज ट्रेड युनियनकर्मि सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेस्वहोमयु होटल द सोल्टी प्रतिष्ठानको बिभिन्न पदमा रही काम गर्नु भएका अग्रज ट्रेड युनियनकर्मीहरू शिव तिमल्सिना र रमिला श्रेष्ठलाइ सम्मान गरेको छ । 

प्रतिष्ठान अध्यक्ष केशब बहादुर गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले सम्मानीत ट्रेड युनियनकर्मीहरूलाइ बधाइ तथा शुभकामना दिनु हुदै अग्रज नेताहरूको मार्ग निर्देशन र युवाहरूको क्षमतालाइ समन्वय गरी ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाउनु आजको युनियन आन्दोलनको आवश्यकता  रहेको बताउनु भयो ।

प्रतिष्ठान सचिब राजेन्द्र खुलालले संचालन गर्नु भएको  सम्मान कार्यक्रममा नेस्वहोमयु केनद्रीय अध्यक्ष लक्ष्मण तिवारी, उपाध्यक्ष बद्री कुमार भण्डारी र सम्मानित ब्यक्तीत्व शिव तिमल्सिनाले मन्तब्य राख्नु भएको थियो ।