नेपाल स्वतन्त्र होटल मजदुर युनियनको गठन २०३७ सालमा भएको हो । होटल सोल्टी व्यवस्थापनले मजदुरहरूलाई चरम दमन र शोषण गरेपछि त्यसको विरोधमा श्रमिकहरू आन्दोलनमा उत्रिए । उक्त आन्दोलनलाई दबाउने उद्देश्यले झण्डै नौ सय मजदुरहरूलाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लब लगायत विभिन्न प्रहरी थानाहरूमा ४८ घण्टासम्म थुनियो । त्यही घटनाले होटल मजदुरहरूलाई स¨ठित हुन पे्ररित ग¥यो । परिणाम स्वरूप होटल सोल्टी, एभरेस्ट, याक एण्ड यति र कृस्टलका मजदुरहरू भेला भई २०३७ मंसिर १३ गते नेपाल स्वतन्त्र होटल मजदुर युनियनको गठन गरियो । नेस्वहोमयू होटल, लज, गेष्ट हाउस, रेष्टुराँ, जंगल लज, क्यासिनो, क्लब तथा क्याटरीङ्ग क्षेत्रमा कार्यरत मजदुरहरूको साझा संगठन हो । जिफन्टको संस्थापक युनियनमध्ये एक रहेको यो युनियन श्रम विभागमा पाँचौँ नम्बरमा दर्ता भएको छ ।

संबद्ध गतिविधिहरू