नेपाल स्वतन्त्र होटल मजदुर युनियनको गठन २०३७ सालमा भएको हो । होटल सोल्टी व्यवस्थापनले मजदुरहरूलाई चरम दमन र शोषण गरेपछि त्यसको विरोधमा श्रमिकहरू आन्दोलनमा उत्रिए । उक्त आन्दोलनलाई दबाउने उद्देश्यले झण्डै नौ सय मजदुरहरूलाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लब लगायत विभिन्न प्रहरी थानाहरूमा ४८ घण्टासम्म थुनियो । त्यही घटनाले होटल मजदुरहरूलाई स¨ठित हुन पे्ररित ग¥यो । परिणाम स्वरूप होटल सोल्टी, एभरेस्ट, याक एण्ड यति र कृस्टलका मजदुरहरू भेला भई २०३७ मंसिर १३ गते नेपाल स्वतन्त्र होटल मजदुर युनियनको गठन गरियो । नेस्वहोमयू होटल, लज, गेष्ट हाउस, रेष्टुराँ, जंगल लज, क्यासिनो, क्लब तथा क्याटरीङ्ग क्षेत्रमा कार्यरत मजदुरहरूको साझा संगठन हो । जिफन्टको संस्थापक युनियनमध्ये एक रहेको यो युनियन श्रम विभागमा पाँचौँ नम्बरमा दर्ता भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)सँग आवद्ध नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु) होटल पोखरा ग्राण्डको माघ २३ गते सम्पन्न विशेष अधिवेशनले यमप्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
नेस्वहोमयुका केन्द्रीय अध्यक्ष तिवारीले पर्यटन क्षेत्रमा क्रियाशील युनियन होटलको एकमात्र आधिकारिक ट्रेड युनियन भएको बताउनु हुंदै युनियन सामूहिक र संस्थागत रुपमा चल्ने जीवन्त संस्था भएकोले कुनै व्यक्तिको लहडमा युनियन नचल्ने बताउनु भयो ।
अध्यक्ष तिवारीले युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका पोखरा ग्रान्डका अध्यक्ष मनमोहन गायकलाइ युनियन बिरोधि गतिबिधीमा संलग्न भएको कारण साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको बताउनु भयो ।
जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले सीमित व्यक्ति पलायन हुँदैमा निरन्तर र जीवन्त चल्ने युनियनलाई असर नपर्ने भन्दै एकताबद्ध, संगठित र संयमित भएर श्रमिकको हक हितमा निरन्तर रुपमा काम गर्नु पर्नेमा जोड दिनु भयो ।
नेस्वहोमयुका केन्द्रीय सचिव बद्रीकुमार भण्डारीले विगत १८ वर्षदेखि एकछत्र रुपमा आधिकारिक ट्रेड यूनियनको रुपमा स्थापित नेस्वहोमयू श्रमिकका सबै समस्या हल गर्ने क्रियाशिल रहेको बताए ।
विशेष अधिवेशनको उद्घाटन समारोहमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य पम्फा पहारी, जिफन्ट प्रदेश कमिटी सदस्य बद्रिनाथ सुवेदी, नेस्वहोमयुका केन्द्रीय सदस्य केशवप्रसाद सापकोटा, यूनियन होटल पोखरा ग्रान्डका उपाध्यक्ष नीता मैनाली, सचिव रामचन्द्र आचार्य लगायतले पर्यटन क्षेत्रका श्रमिकका बारेमा मन्तब्य राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अवध्द यूनियन नेपाल स्वतन्त्र होटल मजदुर युनियन (नेस्वहोमयु) गोकर्ण फरेष्ट रिसोर्ट प्रतिष्ठान स्तरको कमिटीद्वारा आयोजित योगदानमा अधारीत सामाजिक सुरक्षा बिषयक गोष्ठी जेठ २८ गते सम्पन्न भयो । रिसोर्टको सभाहलमा आयोजित सो कार्यक्रममा उमेर हदका कारण प्रतिष्ठानबाट अवकास प्राप्त श्रमिककहरूलाइ सम्मानित गरिएको थियो ।
अवकास प्राप्त श्रमिकहरूलाइ सम्मानित गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि एवम् जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकहरूको अवस्थालाइ परिवर्तन गर्न नेपाली ट्रेड युनियन अन्दोलनले गरेका कामहरूको चर्चा गर्नु भयो ।
अध्यक्ष श्रेष्ठले भन्नु भयो "जिफन्टले संचालन गरेको मिसन टु मिलियन र होटल क्षेत्रमा दश प्रतिशत सर्भिस चार्ज पुनः प्राप्त गर्न जिफन्टको भुमिका बारे समेत प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा योगदानमा अधारित सामाजिक सुरक्षा कोषका निर्देशक उत्तम नेपाल, नेस्वहोमय केन्द्रीय अध्यक्ष लक्ष्मण तिवारी, जिफन्ट बागमती सहसचिब गोपालकार्की, नेस्वहोमयू केन्द्रीय सदस्य केशब सापकोटा र टेक बहादुर पोडेलले मन्तब्य राख्नु भएको थियो । गोष्ठी तथा सम्मान कार्यक्रम नेस्वहोमयु गोकर्ण फरेष्ट रिसोर्ट प्रतिष्ठानका अध्यक्ष रामजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन द सोल्टी होटल इकाईको ४५ औं स्थापना दिवसको सन्दर्भमा असार २३ गते श्री मानवसेवा आश्रम बनस्थलीमा २३८ जना आश्रीतहरूलाइ भोजन बितरण गरेको छ ।
इकाईका अध्यक्ष शिव प्रसाद तिमिल्सिना, उपाध्यक्ष बद्री कुमार भण्डारी, महासचिव कमल घिमिरे लगाएत नेकपा (एमाले) नागर्जुन नगर कमिटी अध्यक्ष नन्दहरी गौतमको उपस्थीती रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सम्पूर्ण श्रमजीवी वर्गलाई एकताबद्ध भएर आन्दोलनमा सरिक हुनका लागि आव्हान गर्नु भएको छ ।
जिफन्ट आबद्ध संस्थापक मध्येको एक युनियन “नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेष्ट मजदुर युनियन” नेस्वहोमयूको ४५ औँ स्थापना दिवसको उपलक्ष्यमा मंसिर १३ गते काठमाण्डौको ठमेलमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा बताउनु भएको हो ।

सुविधा प्राप्त भए पछि युनियन चाहिँदैन भन्ने मानसिकता श्रमिकहरूले त्याग्नु पर्ने भन्नु हुँदै श्रम आन्दोलनमा समय सँगै मागहरू पनि परिवर्तन हुने र श्रम शोषणको रूप पनि फेरिने भएकोले श्रमिकहरूको एकताबद्ध आन्दोलनको निर्माण गर्नुपर्ने खाँचो भएकाले सम्पुर्ण श्रमजीवी मजदुर साथिहरुलाई एकताबद्ध भएर आफ्नो आन्दोलनमा सरिक हुनु पर्नेमा जोड दिनु हुँदै बर्षको संधर्षबाट प्राप्त १० प्रतिशत सेवा शुल्क खोसिए जस्तै क्रमश अन्य अधिकारहरू पनि खोसिन सक्छ तसर्थ १० प्रतिशत सेवा शुल्क पुन प्राप्ती लगाएत श्रम कानुनको प्रभावकारी कार्यान्वयनकालागी प्रतिष्ठान स्तरबाटै श्रमिकहरूलाई जागरूक बनाउदै संगठन सुदृढ र मजबुत बनाउन जिफन्टले आगामी पोष १ गते देखी जिफन्टको कायाकल्पकालागी अभियान संचालन गर्न लागेको बताउनु भयो ।
कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, जुगकाटेमयू केन्द्रिय अध्यक्ष अर्जुन अधिकारीले स्थापना दिवसको शुभकामना दिनु भएको कार्यक्रमको अध्यक्षता लक्ष्मण तिवारी, स्वागत निशा बरालले गर्नु भएको थियो भने संचालन महासचिव कमल घिमिरेले गर्नु भएको थियो ।

नेस्वहोमयू गोकर्ण फरेष्ट रिसोर्ट प्रतिष्ठानका सदस्य सुरेश घिमिरेका छोरा सुदिप घिमिरे र नेस्वहोमयू द बेकरी क्याफे प्रतिष्ठानका उपाध्यक्ष विवेक देउलाको छोरी अंशु देउलालाई स्वर्गीय माधव न्यौपाने स्मृति छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो भने सर्वोत्कृष्ट ट्रेड युनियनको पुरस्कार नेस्वहोमयु होटल पोखरा ग्राण्ड कास्कीलाइ प्रदान गरिएको छ ।

कार्यक्रमको फोटोकालागी लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122129700362435116&type=3
होटेल तथा पर्यटन क्षेत्रका श्रमिकहरूले विगत २० वर्ष देखि खाई पाई आएको १०% सेवा शुल्क अदालतले खारेज गरेपछि नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु), नेपाल पर्यटन तथा होटेल समृद्ध श्रमिक संघ र अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर सङ्घले गत वैशाख २६ गते होटेल एसोसिएसन अफ नेपाल (हान) लाई पेश गरेको ६ बुदे माग पत्रको सम्बन्धमा चैत्र ३ गते ध्यानाकर्षण पत्र बुझाएको छ !
ध्यानाकर्षण पत्रमा सामूहिक सोद्धवाजीको विवाद तत्काल हल नगरेमा श्रम कानुनले गरेको व्यवस्थाका अधारमा अगाडी बढ्न बाध्य हुने उल्लेख गरेको छ ।
नेस्वहोमयु लगायत अन्य २ वटा युनियनको चैत्र ३ गते बसेको संयुक्त बैठकले २१ दिन भित्र मागलाई सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय भएको श्रमिक खबरलाई जानकारी दिएको छ ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयु) र अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरेण्ट संघ, गोकर्ण फरेष्ट रिसोर्टले बिगतमा ब्यवस्थापकसंग भएका सहमतीहरू तुरून्त कार्यान्वयनकालागी चैत्र १७ गते रिसोर्ट ब्यवस्थापक समक्ष ज्ञापन पत्र बुझाएको छ ।
गोकर्ण फरेष्ट रिसोर्टमा कार्यरत श्रमिकहरूको हस्ताक्षर सहित बुझाएको सो ज्ञापन पत्र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), एनटियुसी, अन्टुफ र श्रम कार्यालयलाइ बोधार्थ दिएको हो ।