सबै गाविस, र नगरपालिका अन्तर्गत गाउँ, टोलमा जनताको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य सम्बन्धी विभिन्न तालिम लिएर पोलियो खोप, भिटामिन ख्वाउनेदेखि सुत्केरी गराउनेसम्मको काममा दिनरात जनताको सेवामा लागिरहने स्वास्थ्य स्वयंसेविकाहरुको अधिकार सुरक्षाको लागि २०६६ फागुन ३ गते स्वास्थ्य स्वयंसेवीहरूको पहिलो राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य स्वयंसेवी संघको निर्माण गरिएको हो । यो श्रम विभागमा २६८ नं. मा ट्रेड युनियन संघको रूपमा दर्ता भएको छ । युनियन स्थापना पछि यस युनियनले पहिलो राष्ट्रिय अधिवेशन काठमाडौंमा र दोस्रो बुटवलमा गरेको थियो । यो युनियन नेपालको सबैजसो जिल्लाहरुमा फैलिएको छ । यसको पहिलो राष्ट्रिय अधिवेशन २०६७ फागुन २१ गते भएको थियो ।
नेपाल स्वास्थ्य स्वयसेवि संघ नेभाले जेठ २४ गते कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री माननिय बिर बहादुर शाही समक्ष जिफन्ट कर्णाली प्रदेश सचिब श्रीपाल सारूको नेतृत्वमा नेभा केन्द्रीय सदस्य भिमु रोकाय रिजाल लगाएतका नेताहरूको सहभागीतामा स्वास्थ्य स्वयसेविहरूको माग पत्र पेश गरेको छ ।
माननिय मन्त्री बिर बहादुर शाहीले स्वास्थ्य स्वयमसेवीहरूले भोग्दै आइरहेका समस्याहरूलाइ प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिवध्दता जनाउनु भयो ।
त्यसैगरी सुर्खेत जिल्लाको गुर्भाकोट नगर पालीका प्रमुख हस्त पुन स्वास्थ्य प्रमुख पुर्ण घर्तिलाई स्वास्थ्य स्वयमसेवि मनकुमारि गुरुङको नेतृत्वमा मागपत्र बुझाएको छ
नेपाल स्वस्थ्य स्वयम् सेवि संघ नेभाले असार ११ गते शंखरापुर नगरपालिकालाई माग पत्र बुझाएको छ ।
नगर पालिका प्रमुख रमेश नापित समक्ष पेश गरेको माग पत्रमा स्वयम् सेविकाहरुलाइ तालिम गोष्ठीको व्यवस्था गर्नुपर्ने, राष्ट्रिय अभियानको भत्ता बृद्धि गर्नु पर्ने, ६० बर्ष ऊमेर पुगेका स्वयम् सेविकाहरुलाई अवकास दिंदा बर्षको ३० हजार रूपैयाका दरले हुनआउने एक मुष्ट रकम उपलब्ध गराउनु पर्ने, लगायतका विभिन्न ९ बुंदे मागहरू रहेका छन् ।
नेपाल स्वास्थ्य स्वयमसेवी संघ (नेभा) ले सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीकाहरूका जायज मागहरू पुरा गरीदिन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष साउन ३२ गते ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा योगदानमा अधारीत सामाजिक सुरक्षा, स्वयमसेवीकाबाट अवकास प्राप्त हुदा प्रतिवर्ष ३० हजारको दरले एक मुष्ट रकम दिनु पर्ने लगाएतका मागहरू छन् ।
त्यसैगरी, नेभाले प्रधानमन्त्री समक्ष बुझाएको ज्ञापन पत्रमा स्वयमसेवीहरू अशक्त हुंदा निशुल्क स्वाथ्य उपचार गर्नुर् पर्ने, चाडपर्व र संचार खर्च दिनु पर्ने, स्वयमसेवीहरूको क्षमता अभिबृध्दीकालागी तालिमको ब्यवस्था गर्नु पर्ने लगाएतका मागहरू समेटिएको छ ।
नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा)ले कर्णाली प्रदेश अन्तरगत भेरी गंगा नगरपालिका वडा न १३ मा विष्णु बुढाको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरेको छ ।
कार्यक्रममा जिफन्ट कर्णाली प्रदेश सचिव श्रीपाल सारु मगरले योगदानमा आधारित सामाजिक सुरक्षामा सबै श्रमिकहरूलाई सूचीकृत गर्नु पर्ने भन्नु हुँदै, जिफन्टले यस विषयमा संचालन गर्दै आर्इरहेको अभियानका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा नेभा केन्द्रिय सदस्य भिमु रोकाय रिजालले नेभाको नीति तथा कार्यक्रमका बारेमा र सगठनको महत्त्व बारे जानकारी गराउनु भएको थियो ।
नेपाल स्वस्थ स्वयंसेवी संघ (नेभा)को आयोजनामा संगठन क्षमता विकास कार्यशाला कार्तिक १० र ११ गते नुवाकोटको बटारमा सम्पन्न गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उपमहासचिव नरनाथ लुइँटेल र जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले सहजीकरण गर्नु भएको कार्यशालामा नुवाकोट जिल्लाका १० वटा पालिकाका स्वस्थ स्वयंसेवीहरूको सहभागीता रहेका थियो ।
त्यसैगरी सोही कार्यक्रममा गंगा बोगटीको अध्यक्षतामा ११ सदस्यीय नेपाल स्वस्थ स्वयंसेवी संघ नेभा नुवाकोट जिल्ला समन्वय कमिटी गठन गरिएको छ।
नव गठित कमिटीलाई नेभा केन्द्रिय अध्यक्ष गिता थिङ ले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।
नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) द्वारा कोशी प्रदेशमा रहेका जिल्ला कमिटीलाई २ दिने नेतृत्व विकास तालिम मंसिर १० र ११ गते बिराटनगरमा सम्पन्न गरेको छ ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष कोशी प्रदेश प्रमुख दिपकराज भट्टले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षाको बारेमा, केन्द्रिय अध्यक्ष गिता थिङ्गले नेभाको इतिहास र नीति तथा कार्यक्रमको बारेमा र समग्र नेपालका केन्द्रिय उपाध्यक्ष मनोज मगरले श्रम कानुनका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
नेभा केन्द्रिय अध्यक्ष गिता थिङ्गको प्रमुख आतिथ्यमा नेभा पूर्व अध्यक्ष टोटला दाहाल, जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारी, समग्र नेपालका केन्द्रिय उपाध्यक्ष मनोज मगर, जिफन्ट केन्द्रिय श्रम सम्बन्ध परिषद सदस्य मुरारी भट्टराईको उपस्थिति रहेको सो कार्यक्रममा नेभा पूर्व अध्यक्ष टोटला दाहाल र जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता रत्ना रिजालले गर्नु भएको थियो भने केन्द्रिय सदस्य भवानी अधिकारीले संचालन गरेको थियो ।