नेभाद्वारा २ दिने नेतृत्व विकास तालिम सम्पन्न

नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) द्वारा कोशी प्रदेशमा रहेका जिल्ला कमिटीलाई २ दिने नेतृत्व विकास तालिम मंसिर १० र ११ गते बिराटनगरमा सम्पन्न गरेको छ ।

कार्यक्रममा सामाजिक सुरक्षा कोष कोशी प्रदेश प्रमुख दिपकराज भट्टले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षाको बारेमा, केन्द्रिय अध्यक्ष गिता थिङ्गले नेभाको इतिहास र नीति तथा कार्यक्रमको बारेमा र समग्र नेपालका केन्द्रिय उपाध्यक्ष मनोज मगरले श्रम कानुनका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

नेभा केन्द्रिय अध्यक्ष गिता थिङ्गको प्रमुख आतिथ्यमा नेभा पूर्व अध्यक्ष टोटला दाहाल, जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारी, समग्र नेपालका केन्द्रिय उपाध्यक्ष मनोज मगर, जिफन्ट केन्द्रिय श्रम सम्बन्ध परिषद सदस्य मुरारी भट्टराईको उपस्थिति रहेको सो कार्यक्रममा नेभा पूर्व अध्यक्ष टोटला दाहाल र जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रमको अध्यक्षता रत्ना रिजालले गर्नु भएको थियो भने केन्द्रिय सदस्य भवानी अधिकारीले संचालन गरेको थियो ।