सबै गाविस, र नगरपालिका अन्तर्गत गाउँ, टोलमा जनताको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य सम्बन्धी विभिन्न तालिम लिएर पोलियो खोप, भिटामिन ख्वाउनेदेखि सुत्केरी गराउनेसम्मको काममा दिनरात जनताको सेवामा लागिरहने स्वास्थ्य स्वयंसेविकाहरुको अधिकार सुरक्षाको लागि २०६६ फागुन ३ गते स्वास्थ्य स्वयंसेवीहरूको पहिलो राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य स्वयंसेवी संघको निर्माण गरिएको हो । यो श्रम विभागमा २६८ नं. मा ट्रेड युनियन संघको रूपमा दर्ता भएको छ । युनियन स्थापना पछि यस युनियनले पहिलो राष्ट्रिय अधिवेशन काठमाडौंमा र दोस्रो बुटवलमा गरेको थियो । यो युनियन नेपालको सबैजसो जिल्लाहरुमा फैलिएको छ । यसको पहिलो राष्ट्रिय अधिवेशन २०६७ फागुन २१ गते भएको थियो ।

संबद्ध गतिविधिहरू

काठमाण्डो महानगर पालिकाद्वारा नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभालाइ सम्मान

२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविका दिवस २०८१ को अवसरमा काठमाण्डो महानगर पालिकाले नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अवद्ध युनियन नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभालाइ सम्मान गरेको छ । 

नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा निरन्तर रुपमा निःस्वार्थ भावनाका साथ पुऱ्याएको अतुलनीय योगदान र लैङ्गिक हिंसा रोकथाम लगायतका क्षेत्रमा पुऱ्याएको योगदानको कदर स्वरूप मंसिर २०गते  महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविका दिवस अवसरमा महानगरले आयोजना गरेको कार्यक्रममा सम्मान गरेको हो ।

पम्फा केसीको अध्यक्षतामा नेभा गुराँस गाउँ पालिका कमिटी गठन

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध युनियन नेपाल स्वास्थ्य स्वयमसेवि संघ (नेभा)ले दैलेख जिल्लाको गुराँस गाउँ पालिकामा कार्यरत स्वस्थ्य स्वयमसेवीहरूको भेला पुस १६ गते सम्पन्न गरेको छ ।

जिफन्ट कर्णाली प्रदेश सचीव श्रीपाल सारु मगरले श्रमिकहरूकालागि योगदानमा आधारीत सामाजिक सुरक्षाको महत्वको बारेमा प्रकाश पार्नु भएको सो भेलाले पम्फा केसीको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।

त्यसैगरी नेभा केन्द्रीय सदस्य भिमु रिजाल सहित प्रतिनि मण्डलले गुराँस गाउँ पालिका उप प्रमुख तथा स्थानिय स्वास्थ्य प्रमुख समक्ष स्वास्थ्य स्वयम सेविहरुको माग पत्र पश गरेको छ ।
 

नेभाले कर्णाली प्रदेश सामाजिक मन्त्री समक्ष माग पत्र बुझायो

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आवद्ध यूनियन नेपाल स्वास्थ्य स्वयमसेवी संघ (नेभा ) ले कर्णाली प्रदेश सामाजिक मन्त्री घनश्याम भण्डारी समक्ष पुस १९ गते योगदानमा आधारीत सामाजिक सुरक्षा लगायत स्वास्थ्य स्वयमसेवीहरूले भोग्दै आइरहेका समस्याहरूलाइ सुत्रवद्ध गरी १० बुदे माग पत्र पेश गरेको छ ।

नेभा केन्द्रीय सदस्य भिमु रिजाल, सचिब श्रीपाल सारू मगर सहितको टोलीले मन्त्री भण्डारी समक्ष माग पत्र पेश गरेको हो । 
 

नेभा भिमफेदि गांउपालिकाको अध्यक्षमा बिमला बम्जन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) ले मकवानपुर जिल्लाको भिमफेदि गांउपालिकामा फागुण ९ गते  स्वास्थ्य स्वयंसेवीहरूको भेला सम्पन्न गरेको छ । 

नेभा केन्द्रीय महासचिव निल कुमारी महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले बिमला बम्जनको अध्यक्षतामा ९ सदस्य पालिका कमिटी गठन गरेको छ । 

भेलामा जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, नेभा केन्द्रीय सदस्य भवानी अधिकारीले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । 
 

नेभाले १६औं स्थापना दिवस मनायो

नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) को १६औं स्थापना दिवसको सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना व्यक्त गर्नु हुँदै,  नेभाले स्थापना कालदेखी प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्दै आगामी दिनहरूमा थप हक तथा हित प्राप्तिको लागि अगाडी बढ्नु पर्ने बताउनु भएको छ । 

नेभाको स्थापना दिवसको सन्दर्भमा फागुण ३ गते जिफन्ट सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

नेभा अध्यक्ष गिता थिङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट जिफन्ट राष्ट्रिय कमिटी सदस्य माया गुरुङले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन नेभा महासचिव निल कुमारी महर्जनले र स्वागत सीता लामाले गर्नु भएको थियो ।


फोटोकोलागी लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122140248158435116&type=3

नेभा ओमसतिया पालिकाको अध्यक्षमा विजयालक्ष्मी पाण्डे राय

जिफन्ट आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा)को रुपन्देही जिल्लाको ओमसतिया पालिकामा फागुण २९ गते जिफन्ट राष्ट्रिय कमिटी सदस्य रन्जु भट्टराई को प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले विजयालक्ष्मी पाण्डे रायको अध्यक्षता मा ११ सदस्यीय नेभा पालिका कमिटी गठन गरेको छ ।