सबै गाविस, र नगरपालिका अन्तर्गत गाउँ, टोलमा जनताको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य सम्बन्धी विभिन्न तालिम लिएर पोलियो खोप, भिटामिन ख्वाउनेदेखि सुत्केरी गराउनेसम्मको काममा दिनरात जनताको सेवामा लागिरहने स्वास्थ्य स्वयंसेविकाहरुको अधिकार सुरक्षाको लागि २०६६ फागुन ३ गते स्वास्थ्य स्वयंसेवीहरूको पहिलो राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य स्वयंसेवी संघको निर्माण गरिएको हो । यो श्रम विभागमा २६८ नं. मा ट्रेड युनियन संघको रूपमा दर्ता भएको छ । युनियन स्थापना पछि यस युनियनले पहिलो राष्ट्रिय अधिवेशन काठमाडौंमा र दोस्रो बुटवलमा गरेको थियो । यो युनियन नेपालको सबैजसो जिल्लाहरुमा फैलिएको छ । यसको पहिलो राष्ट्रिय अधिवेशन २०६७ फागुन २१ गते भएको थियो ।

संबद्ध गतिविधिहरू

नेभा"द्वारा बागमती प्रदेशका मुख्य मन्त्री र स्वास्थ्य मन्त्री समक्ष ७ बुंदे मागपत्र पेश

नेपाल ट्रेड युनियन महासघै (जिफण्ट) आवद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ "नेभा"द्वारा चैत्र १२ गते स्वास्थ्य स्वयंसेवीहरुको समस्याको सन्दर्भमा बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामा तामाङ र स्वास्थ्य मन्त्री किरण थापा समक्ष ७ बुंदे मागपत्र पेश गरेको छ ।

नेभा अध्यक्ष गिता थिंगको नेतृत्वमा प्रदेश राजधानी हेटौंडामा मुख्य मन्त्री तामाङ र स्वास्थ्य मन्त्री थापा संग छुट्टाछुट्टै भेटी गरी माग पत्र बुझाएको हो । 

जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल लगायत नेभा केन्द्रीय नेताहरू सहभागी रहनु भएको सो प्रतिनिधि मण्डललाई स्वास्थ्य स्वयंसेवीहरुको समस्यालाइ समाधान गर्ने सन्दर्भमा मुख्य मन्त्री तामाङ र स्वास्थ्य मन्त्री थापाले सकारात्मक आश्वासन दिनुभएको जिफन्ट प्रदेश उपाध्यक्ष अर्जुन अर्यालले जानकारी दिनु भएको छ ।

भेटको क्रममा बागमती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठ र सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको समेत उपस्थिति रहेको थियो ।
 

नेभाद्वारा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष मागपत्र पेश

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेविका संघ (नेभा) ले स्वास्थ्य स्वयंसेविकाहरूको उचित सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका विषयमा चैत्र २६ गते नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष मागपत्र बुझाइएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको नेतृत्वमा नेभा अध्यक्ष गिता थिङ्ग लगायतका नेताहरूले बुझाएको सो माग पत्रमा स्वयंसेविकाहरूका मागलाई मन्त्रालयले आगामी बजेटमा समेट्न आग्रह समेत गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मागपत्र ग्रहण गर्दै विगतमा स्वयंसेविकाहरूले पाएका थप सेवा-सुविधाहरू आफै अर्थमन्त्री भएको बेलामा प्रदान गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि महिला स्वयंसेविकाहरूलाई थप उपलब्धि हुने गरी काम अघि बढाउने प्रतिबद्धता जनाउनु भएको जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले श्रमिक खबरलाई जानकारी दिनु भएको छ ।

नेभा रत्ननगर पालिकाको संयोजकमा रश्मी बर्तौला

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) रत्ननगर पालिका कमिटीको चैत्र २९ गते सम्पन्न बैठकले रश्मी बर्तौलाको संयोजकत्वमा नेपाल स्वास्थ्य स्वयंसेवि संघ (नेभा) रत्ननगर पालिका अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

पालिका अध्यक्ष शंकर खनालको अध्यक्षतामा बसेको सो बैठकमा जिफण्ट जिल्ला समन्वय कमिटी चितवनका अध्यक्ष पुस्कर बाबु त्रिपाठी लगायतका नेताहरूको उपस्थीती रहेको थियो ।

नेभाद्वारा स्वास्थ्य तथा जनसंख्या समक्ष मागपत्र पेश

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेविका संघ (नेभा) ले स्वास्थ्य स्वयंसेविहरूको उचित सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका विषयमा चैत्र २९ गते नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल समक्ष मागपत्र बुझाइएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) उपाध्यक्ष सीता लामाको नेतृत्वमा नेभा अध्यक्ष गिता थिङ्ग लगायतका नेताहरूले बुझाएको सो माग पत्रमा स्वयंसेविकाहरूका मागलाई मन्त्रालयले आगामी बजेटमा समेट्न आग्रह समेत गरेको छ ।

त्यसैगरी चैत्र २७ गते भेरी गंगा नगर पालीका प्रमुख यज्ञ ढकाल समक्ष योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका माग सहित नेभा केन्द्रीय सदस्य भुमु रिजालले ज्ञापन पत्र बुझाएको छ ।

नेभा सदस्य तथा भेरी गंगा नगर पालीकामा कार्यरत स्वास्थ्य स्वयमसवीका निर्मला सुनारको असामयिक निधन भएकोमा सोही दिन पालिकाद्भारा स्वर्गिय सुनारको परीवारलाइ नगद २१ हजार रूपंया सहयोग हस्तान्तरण गरेको छ ।
 

नेभाद्वारा कर्णाली प्रदेश सरकार समक्ष मागपत्र पेश

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेविका संघ (नेभा) ले स्वास्थ्य स्वयंसेविहरूको उचित सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका विषयमा बैशाख २ गते कर्णाली प्रदेश मुख्य मन्त्री यमलाल कडेल र बैशाख ३ गते कर्णाली प्रदेश सामाजिक विकास मन्त्री धनस्याम भण्डारी  समक्ष मागपत्र बुझाइएको छ ।

नेपाल स्वास्थ्य स्वयंसेविका संघ केन्द्रीय सदस्य   भिमु रिजालको नेतृत्वमा जिफन्ट नगर कमिटी  अध्यक्ष बिना कुमारी हमाल लगायतका नेताहरूले बुझाएको सो माग पत्रमा स्वयंसेविकाहरूका मागलाई मुख्य मन्त्रीले आगामी  दिनमा प्रदेश सरकारले सम्बोधन गर्ने बताउनु भयो ।
 

फेदीखोला स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

गण्डकी प्रदेश, स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाले साउन २१ गते महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा गाउँपालिका अन्तर्गतका सबै वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा अन्तरगत पाउने सुविधाका बारेमा जानकारी दिइएको थियो ।