सबै गाविस, र नगरपालिका अन्तर्गत गाउँ, टोलमा जनताको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य सम्बन्धी विभिन्न तालिम लिएर पोलियो खोप, भिटामिन ख्वाउनेदेखि सुत्केरी गराउनेसम्मको काममा दिनरात जनताको सेवामा लागिरहने स्वास्थ्य स्वयंसेविकाहरुको अधिकार सुरक्षाको लागि २०६६ फागुन ३ गते स्वास्थ्य स्वयंसेवीहरूको पहिलो राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य स्वयंसेवी संघको निर्माण गरिएको हो । यो श्रम विभागमा २६८ नं. मा ट्रेड युनियन संघको रूपमा दर्ता भएको छ । युनियन स्थापना पछि यस युनियनले पहिलो राष्ट्रिय अधिवेशन काठमाडौंमा र दोस्रो बुटवलमा गरेको थियो । यो युनियन नेपालको सबैजसो जिल्लाहरुमा फैलिएको छ । यसको पहिलो राष्ट्रिय अधिवेशन २०६७ फागुन २१ गते भएको थियो ।
नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभाको पनौती नगर कमिटीको साउन ३० गते सम्पन्न भेलाले कल्पना थापाको अध्यक्षतामा सात सदस्यीय नगर कमिटीको गठन गरेको छ ।
जिफन्ट वागमती प्रदेश सह सचिव शान्ती कार्किको प्रमुख आतिथ्यतामा भएको भेलामा जिफन्ट पनौती नगर कमिटी अध्यक्ष सुनिल धोजु लगायतका अतिथिहरको उपस्थीती रहेको थियो ।
जिफन्ट आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) द्वारा सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयमसेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने लगायतका बिषयहरूमा ध्यानआकर्षण गराएको छ ।
नेभा केन्द्रीय सदस्य भिमु रिजालको टोलीले श्रावण २८ गते बिरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकाल र स्वास्थ्य महाशाखा प्रमुखलाई समक्ष ध्यानआकर्षण गराएको हो ।
जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम् सेबि सङ्घ (नेभा)द्वारा कर्णाली प्रदेश मुख्य मन्त्री माननीय यामलाल कडेल समक्ष भाद्र ३ गते स्वास्थ्य स्वयम्सेबिलाइ योगदानमा आधारित सामाजीक सुरक्षा कोषमा आबद्ध गर्ने लगायतका बिषयमा नेभा केन्द्रीय सदस्य भिमु रिजालको नेतृत्वमा बिरेन्द्र नगर पालिका अध्यक्ष मेनका आचार्य लगायतका नेताहरूको सहभागितामा ध्यानाआकर्षण पत्र बुझाएको छ ।
जिफन्ट आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवि संघ (नेभा)द्वारा सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालीकामा नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम असोज २६ र २७ गते सम्पन्न गरेको छ ।
कार्यक्रममा ट्रेड युनियन आधारभुत ज्ञान, नेभाको नीति तथा कार्यक्रम, श्रम कानुन र योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा नेभा केन्द्रीय अध्यक्ष गिता थिङ्ग, महासचिव निल कुमारी महर्जन, सदस्य भवानी अधिकारी, भिमु रोकाय रिजाल र जिफन्ट कर्णाली प्रदेश सचिव श्रीपाल सारू मगरले प्रशिक्षण दिनु भएको थियो ।

त्यसैगरी असोज २७ गते यशोदा वलि खत्रीको अध्यक्षतामा नेभा सुर्खेत जिल्ला समन्वय कमिटी गठन गरेको छ ।
नेभा केन्द्रीय अध्यक्ष गिता थिङ्गको प्रमुख अतिथ्यतामा भएको कमिटी गठन कार्यक्रममा बिरेन्द्रनगर पालिका उपप्रमुख निल कण्ठ खनाल, जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्दा धामी, स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेश अध्यक्ष अमर बहादुर राना लगायत अतिथीहरूको उपस्थिती रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले स्वास्थ्य स्वयंसेविकाहरूलाइ प्रदेश र स्थानीय सरकारले नीति र कार्यविधिहरु बनाएर योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनु पर्ने र तीनिहरूको काम मर्यादित हुनु पर्ने बताउनु भएको छ ।
अध्यक्ष श्रेष्ठले कार्तिक २६ गते पब्लिक सर्भिस इन्टरनेशनल पिएसआइ नेपाल कमिटीको आयोजनामा सरोकारवालाहरु र स्वास्थ्य स्वयंसेविकाहरुसंग भएको सम्बाद कार्यक्रम सो कुरा बताउनु भएको हो ।
एनटियुसी अध्यक्ष योगेन्द्र कुंवर, सार्टुक महासचिब लक्ष्मण बस्नेत, जिफन्ट आवद्ध नेभा अध्यक्ष गिता थिङ लगायतले मन्तब्य राख्नु भएको कार्यक्रममा जनप्रतिनिधीहरूको सहभागिता रहेको थियो ।
नेपालको सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ दक्षिण पूर्व एशिया क्षेत्रीय जनस्वास्थ्य च्याम्पियन पुरस्कार प्रदान गरेको छ ।
रुबेला निवारणकालागि उत्कृष्ट कार्य गरे बापत मंसिर ३ गते काठमाडौं अयोजित एक कार्यक्रममा नेपाल सरकारबाट सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका हरुलाई सम्मान गरेको हो ।
स्वास्थ्य मन्त्री डा : सुधा शमाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिश्व स्वास्थ्य संगठन (WHO ) का डा: क्यातिरेना नेपाल स्वास्थ्य स्यमसेबि सध (नेभा) केन्दिय अध्यक्ष गिता थिङ्ग, नेपाल स्वास्थ्य स्यमसेवक सघका अध्यक्ष बसन्ती महर्जन लगायतका नेताहरूको सहभागीत रहेको थियो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरूको समस्याका बारेमा छलफल भएको थियो