सबै गाविस, र नगरपालिका अन्तर्गत गाउँ, टोलमा जनताको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य सम्बन्धी विभिन्न तालिम लिएर पोलियो खोप, भिटामिन ख्वाउनेदेखि सुत्केरी गराउनेसम्मको काममा दिनरात जनताको सेवामा लागिरहने स्वास्थ्य स्वयंसेविकाहरुको अधिकार सुरक्षाको लागि २०६६ फागुन ३ गते स्वास्थ्य स्वयंसेवीहरूको पहिलो राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य स्वयंसेवी संघको निर्माण गरिएको हो । यो श्रम विभागमा २६८ नं. मा ट्रेड युनियन संघको रूपमा दर्ता भएको छ । युनियन स्थापना पछि यस युनियनले पहिलो राष्ट्रिय अधिवेशन काठमाडौंमा र दोस्रो बुटवलमा गरेको थियो । यो युनियन नेपालको सबैजसो जिल्लाहरुमा फैलिएको छ । यसको पहिलो राष्ट्रिय अधिवेशन २०६७ फागुन २१ गते भएको थियो ।

संबद्ध गतिविधिहरू

नेभाद्वारा कर्णाली प्रदेश प्रदेशमा मागपत्र पेश

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयमसेबी संघ(नेभा)द्वारा जेठ १२  गते कर्णाली प्रदेश मुख्य मन्त्री यामलाल कडेल,  सामाजिक बिकास मन्त्रि घनश्याम भण्डारी र योजना आयोगका उपाध्यक्ष सुर्य नाथ योगि समक्ष सामुदायीक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको समस्या समाधानकालागी नेभा केन्द्रिय सदस्य भिमु रिजालको नेतृत्वमा माग पत्र पेश गरेको छ ।

 

नेभाद्वारा नेतृत्व बिकास तथा क्षमता अभिवृदि तालिम सम्पन्न

जिफन्ट आवद्ध नेपाल स्वास्थ्यस्वयम सेबि संघ (नेभा)को बागमति प्रदेश स्तरिय नेतृत्व बिकास तथा क्षमता अभिवृदि तालिम जेठ १६ गते अनामनगर स्थीत जिफन्ट स्कुलमा सम्पन्न भएको छ ।

तालिम कार्यक्रमको शुभारम्भ गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बदलिएको परिस्थितिमा ट्रेड युनियन आन्दोलनको अवस्था र नेतृत्वको भुमिका बारेमा प्रकाश पार्नु भएको थियो ।

नेभा केन्द्रिय अध्यक्ष गिता थिङको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट बागमति प्रदेश अध्यक्ष रामहरि नेपालले नेतृत्व बिकास तथा क्षमता अभिवृदि बिषयमा तालिम दिनु भएको थियो  ।

 

नेभाद्वारा लुम्बीनी प्रदेशमा मागपत्र पेश

नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) आवद्ध नेपाल स्वास्थ्य स्वयमसेबी संघ (नेभा) द्वारा जेठ १८ गते लुम्बीनी प्रदेश मुख्य मन्त्री चेतनारायण आचार्य र स्वस्थमन्त्री खेम बहादुर सारु समक्ष ९ शुत्रिय माग पत्र पेश गरेको छ ।