नेभा भेरी गंगा नगरपालिकामा वडा कमिटी गठन

नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा)ले कर्णाली प्रदेश अन्तरगत भेरी गंगा  नगरपालिका वडा न १३ मा विष्णु बुढाको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरेको छ  ।

कार्यक्रममा जिफन्ट कर्णाली प्रदेश सचिव श्रीपाल सारु मगरले योगदानमा आधारित सामाजिक सुरक्षामा सबै श्रमिकहरूलाई सूचीकृत गर्नु पर्ने भन्नु  हुँदै, जिफन्टले यस विषयमा संचालन गर्दै आर्इरहेको अभियानका बारेमा प्रकाश पार्नु भएको थियो । 

कार्यक्रममा नेभा केन्द्रिय सदस्य भिमु रोकाय रिजालले नेभाको नीति तथा कार्यक्रमका बारेमा र सगठनको महत्त्व बारे जानकारी गराउनु भएको थियो ।