राष्ट्रीय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) द्धारा कमिटी गठन

राष्ट्रीय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को संगठन सुदृढीकरण अभियान अन्तर्गत मकवानपुर जिल्लाको बज्रबाराही नगरपालीकामा सौन्दर्यकर्मीहरूको भेला भाद्र १ गते सम्पन्न भएको छ । 

नाबुन मकवानपुर अध्यक्ष करूणा अधिकारीको अध्यक्षतामा सम्पन्न सो भेलाले प्रिया बिडारीको अध्यक्षतामा १० सदस्यीय पालिका कमिटी पुर्नगठन गरेको छ । 

नाबुन बागमती प्रदेश सहसचिव पुजा बस्नेत लामाको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा प्रदेश सदस्य सबिना बानियां, मकवानपुर निवर्तमान अध्यक्ष सजिता केसी अतिथी रहनु भएको थियो।

त्यसैगरी नाबुन देबदह नगरकमिटीको आयोजनामा भाद्र १ गते जस्मिन गुरुङको अध्यक्षतामा नाबुन सदस्यहरूलाई १ दिने दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।