नेपालमा व्यावसायिक रूपमा सवारी सञ्चालनको थालनीस“गै नेपाली यातायात मजदुरहरूले विभिन्न समयमा आफ्नो हक अधिकारको लागि आन्दोलन सञ्चालन गरेका थिए । यही क्रममा २०३६ सालको असार ९ गते सुनसरीको पानीपिया भन्ने ठाउ“मा यातायात मजदुरहरूले राष्ट्रिय भेलाको आयोजना गरे । यसै भेलाबाट “नेपाल यातायात स्वतन्त्र मजदुर संगठन” को स्थापना गरियो । 

नेयास्वमसं यातायात क्षेत्रको पहिलो र शक्तिशाली सङ्गठनको रूपमा नेपाल सरकारको श्रम विभागमा राष्ट्रिय टे«ड युनियन संघको रूपमा नं ३ मा दर्ता भएको छ । यो नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को संस्थापक सदस्य पनि हो । 

नेपाली मजदुर पक्षीय ट्रेड युनियन आन्दोलनको शक्तिशाली र सशक्त दस्ताको रूपमा स्थापित यो सङ्गठन सबै खाले यातायात मजदुरहरूको साझा र स्वतन्त्र युनियनको रूपमा सञ्चालित छ । यातायात क्षेत्रमा कार्यरत झण्डै ४ लाख मजदुरहरूमध्येको ठूलो सङ्ख्या यस संगठनको छातामुनि सम्बद्ध रहेका छन् । 
अधिराज्यको कर्णाली बाहेक १३ वटा अञ्चलमा यो संगठन बिस्तार भएको छ । 

राष्ट्रिय स्तरमा जिफन्टको संस्थापक सदस्यका रूपमा आबद्ध रहेको यो संगठन अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनस“ग आबद्ध छ ।

 

संबद्ध गतिविधिहरू

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा धनकुटामा योजना कार्यशाला सम्पन्न

जिफन्ट आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनकुटा जिल्ला कमिटीले साउन २७ गते हिलेमा योजना कार्यशाला सम्पन्न गरेको छ । 

संगठन केन्द्रीय अध्यक्ष भिम ज्वाला राई लगायतका नेताहरूको सहभागितामा सम्पन्न योजना कार्यशालाले धनकुटा जिल्लाको विभिन्न १५ वटा रुटहरूमा सदस्यता विस्तार गर्ने, पुराना सदस्यहरुको नविकरण गर्ने । 

विभिन्न रुटहरूमा सडक दुर्घटना न्युनिकरण कार्यक्रम प्रत्येक महिना संचालन गर्ने, सडक सुरक्षा सचेतना सम्बन्धी स्टिकर प्रकाशन गर्ने लगायतका योजनाहरू तय गरिएको संगठन धनकुटा जिल्ला अध्यक्ष कमल थिङले बताउनु भएको छ । 

धनकुटा जिल्लाका ४६ जना अगुवाहरूको सहभागिता भएको कार्यशालामा आगामी असोज १ गते शिलान्यास गरिने संगठनको कोशी प्रदेश कार्यालयको भवन निर्माण सहयोग बापत धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एक लाख सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा लोड अनलोड ईकाइ कमिटी गठन

जिफन्ट आवद्ध  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा काठमाण्डौको टेकु क्षेत्रमा लोड अनलोडमा कार्यरत श्रमिकहरूको भेला सम्पन्न गरेको छ ।

संगठन उपाध्यक्ष नवराज घिमिरेको प्रमुख अतिथ्यतामा साउन ३१ गते सम्पन्न भेलाले ठाकुर नगरकोटीको अध्यक्षतामा ११ सदस्य ईकाइ कमिटी र २ सदस्य सल्हाकार कमिटी चयन गरेको छ ।

भेलामा संगठन महासचिव केशब थापा निरू, बागमती प्रदेश सचिव शिव कुमार श्रेष्ठलगायतका अतिथीहरूको उपस्थीती रहेको थियो ।

एसइइ परिक्षामा उतिर्ण नेपाल यातायात स्वतन्त्र मजदुर संगठन छोरा छोरीलाई सम्मान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले भाद्र १४ गते २०८१ सालको एसइइ परिक्षामा सहभागी भै उतिर्ण संगठनका सदस्यका छोरा छोरी लाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्ब गृहमन्त्री माननीय खगराज अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता संगठन प्रदेश अध्यक्ष बिष्णु बहादुर खत्रीले गर्नु भएको थियो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला अध्यक्षमा दिपक बुढाथोकी निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्लाको भाद्र १४ गते सम्पन्न चौथो अधिवेशनले दिपक बुढाथोकीको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कमिटि निर्वाचित गरेको छ ।

संगठन केन्द्रिय अध्यक्ष भिम ज्वाला राइको प्रमुख अथित्यतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष नवराज धिमिरे, ठाकुर प्रसाद गैरे, महासचिव केशव थापा(निरु), नेपाल यातायात राष्ट्रिय महासंघका सल्लाहकार सुरेस हमाल, त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिका प्रितम कुमार श्रेष्ठ लगाएका वक्ताहरूलेअधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।


 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कलंकी ईकाईद्वारा ट्राफिक कार्यलयलार्इ ध्यानअकर्षण गरायो

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कलंकी ईकाई कमिटीले उपत्यका भित्र ग्यासबाट सन्चालन हुने माईक्रोबस र टेम्पोको समस्या समाधानकालागी भाद्र १५ गते ट्राफिक प्रहरी कार्यलय सिहदरबारमा ध्यानअकर्षण गराएको छ ।

संगठन ईकाई अध्यक्ष हर्क बहादुर राणाका अनुसार माईक्रोबस र टेम्पो चल्ने रूटमा ग्यास डिपो नभएको कारण रूट भन्दा बाहीर गइ ग्यास भर्न जांदा ट्राफिकले रूट परमिट नभएको भन्दै जरीवाना गर्ने गरेको बताउनु भएको छ 
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अलपत्र यात्रु तथा सवारी मजदुरहरूको उद्धार टोली गठन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक असोज ३ गते खसेको पहिरोको कारण अलपत्र यात्रु तथा सवारी मजदुरहरूको उद्धार तथा सहयोगका लागि संगठनका महासचिव केशव थापाको नेतृत्वमा विशेष टिम परिचालन गरेको छ ।