नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा धनकुटामा योजना कार्यशाला सम्पन्न

जिफन्ट आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनकुटा जिल्ला कमिटीले साउन २७ गते हिलेमा योजना कार्यशाला सम्पन्न गरेको छ । 

संगठन केन्द्रीय अध्यक्ष भिम ज्वाला राई लगायतका नेताहरूको सहभागितामा सम्पन्न योजना कार्यशालाले धनकुटा जिल्लाको विभिन्न १५ वटा रुटहरूमा सदस्यता विस्तार गर्ने, पुराना सदस्यहरुको नविकरण गर्ने । 

विभिन्न रुटहरूमा सडक दुर्घटना न्युनिकरण कार्यक्रम प्रत्येक महिना संचालन गर्ने, सडक सुरक्षा सचेतना सम्बन्धी स्टिकर प्रकाशन गर्ने लगायतका योजनाहरू तय गरिएको संगठन धनकुटा जिल्ला अध्यक्ष कमल थिङले बताउनु भएको छ । 

धनकुटा जिल्लाका ४६ जना अगुवाहरूको सहभागिता भएको कार्यशालामा आगामी असोज १ गते शिलान्यास गरिने संगठनको कोशी प्रदेश कार्यालयको भवन निर्माण सहयोग बापत धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एक लाख सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ ।