नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा लोड अनलोड ईकाइ कमिटी गठन

जिफन्ट आवद्ध  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा काठमाण्डौको टेकु क्षेत्रमा लोड अनलोडमा कार्यरत श्रमिकहरूको भेला सम्पन्न गरेको छ ।

संगठन उपाध्यक्ष नवराज घिमिरेको प्रमुख अतिथ्यतामा साउन ३१ गते सम्पन्न भेलाले ठाकुर नगरकोटीको अध्यक्षतामा ११ सदस्य ईकाइ कमिटी र २ सदस्य सल्हाकार कमिटी चयन गरेको छ ।

भेलामा संगठन महासचिव केशब थापा निरू, बागमती प्रदेश सचिव शिव कुमार श्रेष्ठलगायतका अतिथीहरूको उपस्थीती रहेको थियो ।