नेपालमा व्यावसायिक रूपमा सवारी सञ्चालनको थालनीस“गै नेपाली यातायात मजदुरहरूले विभिन्न समयमा आफ्नो हक अधिकारको लागि आन्दोलन सञ्चालन गरेका थिए । यही क्रममा २०३६ सालको असार ९ गते सुनसरीको पानीपिया भन्ने ठाउ“मा यातायात मजदुरहरूले राष्ट्रिय भेलाको आयोजना गरे । यसै भेलाबाट “नेपाल यातायात स्वतन्त्र मजदुर संगठन” को स्थापना गरियो । 

नेयास्वमसं यातायात क्षेत्रको पहिलो र शक्तिशाली सङ्गठनको रूपमा नेपाल सरकारको श्रम विभागमा राष्ट्रिय टे«ड युनियन संघको रूपमा नं ३ मा दर्ता भएको छ । यो नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को संस्थापक सदस्य पनि हो । 

नेपाली मजदुर पक्षीय ट्रेड युनियन आन्दोलनको शक्तिशाली र सशक्त दस्ताको रूपमा स्थापित यो सङ्गठन सबै खाले यातायात मजदुरहरूको साझा र स्वतन्त्र युनियनको रूपमा सञ्चालित छ । यातायात क्षेत्रमा कार्यरत झण्डै ४ लाख मजदुरहरूमध्येको ठूलो सङ्ख्या यस संगठनको छातामुनि सम्बद्ध रहेका छन् । 
अधिराज्यको कर्णाली बाहेक १३ वटा अञ्चलमा यो संगठन बिस्तार भएको छ । 

राष्ट्रिय स्तरमा जिफन्टको संस्थापक सदस्यका रूपमा आबद्ध रहेको यो संगठन अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनस“ग आबद्ध छ ।

 

संबद्ध गतिविधिहरू

यातायात मियांपाटन इकाई अध्यक्षमा ज्ञान बहादुर गुरुङ

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा फागुण ४ गते सम्पन्न कास्की जिल्लाको मियांपाटन इकाई भेलाले ज्ञान बहादुर गुरुङको अध्यक्षतामा  ९ सदस्य कमिटी चयन गरेको छ ।

संगठनका प्रतिनिधि परिषद उप–प्रमुख कर्ण सिं गुरुङको प्रमुख अतिथ्यतामा, केन्द्रिय उपमहासचिव एवं गण्डकी प्रदेश इन्चार्ज बिष्णु बहादुर पराजुली ,गण्डकी प्रदेश अध्यक्ष बिष्णु खत्रीको अतिथी रहनु भएको सो भेलाले ४ सदस्य सल्हाकार समेत चयन गरेको छ ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्धारा सहयोग हस्तान्तरण

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशद्धारा चैत्र ७ गते दुर्घटनामा परि घाइते हुनु भएका संगठनका सदस्यहरू वीर बहादुर महत्तालाई ७० हजार ३२०, सन्जु खत्रीलाइ र १८ हजार ५०० र  जित बहादुर खत्रीलाई १०हजार नगद स्वास्थ्य लाभको कामना सहित हस्तान्तरण गरेको छ ।

त्यसैगरी सोहिदिन संगठन दाङ जिल्ला कमिटीले संगठनका सदस्य स्व.हरि डाँगीकी श्रीमती बिना डाँगीलाई नगद  १ लाख र लुम्बिनीका संस्थापक अध्यक्ष यम के सी लाई चैत्र १० गते संगठन केन्द्रीय सल्लाहकार प्रमुख ध्यान बहादुर राई मार्फत नगद १० हजार उपचार खर्च सहयोग हस्तान्तरण गरेको छ ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनुषाको अध्यक्षमा धनञ्जय मिश्र

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनुषा जिल्ला कमिटीको चैत्र १० गते सम्पन्न सातौ जिल्ला अधिवेशनले धनञ्जय मिश्रको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झाको प्रमुख अतिथ्यमा सम्पन्न सो अधिवेशनमा संगठनका केन्द्रीय महासचिव केशब थापा निरू, जिफन्ट बरिष्ठ युनियनकर्मी संजाल सदस्य रामनरेश सिंह लगायतका अतिथीहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो । 
 

सडक दुर्घटना न्युनिकरण तथा ट्रेड युनियन सम्बन्धित प्रशिक्षण सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय पोखरा महानगर कमिटीले फागुण १० गते सडक दुर्घटना नियुनिकरण तथा ट्रेड युनियन आधारभूत ज्ञान सम्बन्धित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

संगठनका उपमहासचिब तथा गण्डकी प्रदेश इन्चार्ज बिष्णु बहादुर पराजुलीको प्रमुख अतिथ्यमा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा प्रतिनिधि परिषद उपप्रमुख कर्ण सि गुरुङ, प्रदेश अध्यक्ष बिष्णु बहादुर खत्री उपाध्यक्ष बाबुराम राना सचिव नारायण प्रासाद रिमाल सहसचिव बालकृषण पोखरेल सचिवालय सदस्य सिता सापकोटा महानगर कमिटी इन्चार्ज दिपक रोक्का लगाएतले प्रशिक्षण दिनु भएको थियो ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनद्वारा बाग्मती प्रदेश अगुवा भेला

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनद्वारा बाग्मती प्रदेश मातहत अगुवा भेला चैत १३ गते जिफन्ट सभा हलमा सम्पन्न गरेको छ । 

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) महासचिब लक्ष्मण शर्माको प्रमुख अतिथ्यतामा सम्पन्न सो भेलामा २० बर्षे सवारी साधन र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वान बिषयमा छलफल भएको थियो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्धारा तनहुंको खैरेनीटारमा भेला सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्धारा तनहुं जिल्लाको खैरेनीटार दुलेगौंडा इकाई भेला चैत्र १६ गते संगठन प्रतिनिधि परिषद उपप्रमुख कर्ण सिं गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न गरेको छ । 

भेलाले गोपाल पगेनिको अध्यक्षतामा १३ सदस्यीय कमिटी र ३ सदस्यीय सल्लाहकार कमिटी गठन निर्वाचित गरेको छ ।