जहाँ यातायात श्रमिक त्यहा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

"जहाँ यातायात श्रमिक त्यहा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन" भन्ने नाराकासाथ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती ट्रिपर इकाई कमिटीले भदौ १८ गते घुम्ती शिबिर संचालन गर्‌यो ।

संगठनका उपाध्यक्ष एवम बागमती प्रदेश इन्चार्ज नवराज घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालित घुम्ती शिविरमा सदस्यता विस्तार र नविकरण गरिएको थियो ।

त्यसैगरी,  संगठनको पनौती नगर कमिटिको १८ औं  बैठकले चाडपर्व लक्षित सवारी साधन आधारित दुर्घटना न्यूनीकरण अभियान संचालन गर्ने निर्णय गरेको छ । 

प्रनिल जोशीको अध्यक्षतामा सम्पन्न उक्त बैठकका प्रमुख अतिथि एवम्  केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले नबनिर्बाचित कमिटीलाई प्रमाण–पत्र बितरण गर्नु भएको थियो ।