अध्यादेश मार्फत ट्रेड युनियनहरु खारेज गरिनु संविधानमाथिको आक्रमणः जिफन्ट अध्यक्ष
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध क्युपेक नेपालद्वारा बैसाख २५ गते काठमाडौंमा निर्माण श्रमिकहरूको सामाजिक सुरक्षा तथा कार्यस्थल सुधार बिषयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
जिफन्ट उपमहासचिब नरनाथ लुइटेलले अनौपचारिक तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउनु आजको मुख्य आवश्यकता भएको बताउनु भएको कार्यक्रममा एफक्यान केन्द्रीय सदस्य राजेस गौतमले निर्माण क्षेत्रका श्रमिक र रोजगारदाताबीच सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको थियो ।
योगदानमा अधारीत सामाजिक सुरक्षा कोषका प्रतिनिधी श्रृषिराम पाण्डेले कार्यक्रममा सहभागिहरूले राख्नु भएको जिज्ञासालाइ स्पष्ट पार्नु हुंदै सामाजिक सुरक्षा कोषमा आबद्धता, सुविधा र कार्यान्वयन प्रक्रियाबारे प्रकाश पार्नु भएको थियो ।
जिफन्ट वागमती प्रदेस अध्यक्ष रामहरि नेपालले कार्यस्थलमा भोग्नुपरेका समस्या, सुरक्षा चुनौती तथा कार्यविधि सुधारका विषयमा धारणा राख्नुभएको कार्यक्रममा सहधागीहरूलाइ क्युपेक अध्यक्ष शान्ता बस्नेतले धनयवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता योगेन्द्र शर्माले र सञ्चालन कृतिनिधि बिष्टले गर्नुभएको थियो।