जिफन्ट अवद्ध क्युपेक - नेपालको आयोजनामा जेठ २९ गते भक्तपुरमा अनौपचारिक र स्वरोजगार श्रमिकहरुकालागि योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा प्रशिक्षण र सरोकारवालाहरु संग अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।
भक्तपुर क्षेत्र नं.१ का माननीय रुकेश रन्जित , चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीको उपस्थीती रहेको कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, क्युपेक नेपाल केन्द्रीय अध्यक्ष शान्ता बस्नेत, उपाध्यक्ष योगेन्द्र शर्मा लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा प्रशिक्षित गर्नु भएको थियो ।