नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) को ३० औं स्थापना दिवस जेठ १८ गते बिविध कार्यक्रम आयोजना गरी मनाएको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले काठमाण्डैमा केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्नु हुंदै परीवर्तीत समय अनुकुल क्युपेक नेपाललाइ अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष श्रेष्ठले वर्तमान सरकार लोकप्रियतावादमा लागेर स्टन्ट गरिरहेको बताउनु हुंदै यो कदम केवल श्रमिकको अधिकार खोस्ने मात्र नभई समग्र लोकतन्त्र र प्रजातान्त्रिक व्यवस्थामाथिकै प्रहार भएकोले यस्का बिरूद्ध संगठीत शक्तीले मात्र पराजीत गर्न सक्ने भएको हुनाले संगठीत अभियानलाइ अझ मजबुत तरीकाले अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा जिफन्ट उपाध्यक्ष तथा क्यूपेक संस्थापक अध्यक्ष जितेन्द्र श्रेष्ठले ट्रेड युनियन र राजनिती एक अपसमा परीपुरक रहेको भन्नु हुदै राजनीती मार्फत नै श्रमिक अधिकारलाइ संस्थागत गर्न सकिने बतउनु हुंदै हरेक श्रमिकले देशको राजनैती अवस्थाका बारे ज्ञान राख्न जरूरी रहेको बताउनु भयो ।
क्युपेक अधयक्ष शान्ता बस्नेतको अध्यक्षतामा राजेन्द्र बिष्टले संचालन गर्नु भएको कार्यक्रममा जिफन्ट आवद्ध यूनियनको तर्फबाट नेष्ट अध्यक्ष माया गुरूङ, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, DGB प्रतीनीधी सरोज ब्युरोले स्थापना दिवसको सन्दर्भमा शुभकामना मन्तब्य राख्नु भएको थियो ।
त्यसैगरी ३० औं स्थापना दिवसको सन्दर्भमा झापा, सुनसरी, धनकुटा, बारा, मकवानपुर, दोलखा, चितवन, तनहुं, कास्की, पर्वत, नवलपुर, परासी र कैलाली जिल्लामा शुभकामना अदान प्रदान, हाजिर जवाफ, बतृत्व कला प्रतियोगिता, आंखा शिविर र जेष्ठ नागरिक सम्मान कार्यक्रम अयोजना गरेको क्युपेक महासचिब राजेन्द्र बिष्टले जानकारी दिनु भएको छ ।
कार्यक्रमको फोटोकोलागी तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122195681270435116&type=3