Home Affiliates Activities

हुनले मनायो अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन) ले अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको सन्दर्भमा जेठ ३० गते शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरि (हुन) ले असार १ गते युवा श्रम तथा रोजगार मन्त्रालय सचिव समक्ष अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको सन्दर्भमा माग पत्र पेश गरेको छ । हुन अध्यक्ष ज्ञानु केसीको नेतृत्वमा पेश गरेको माग पत्रमा घरेलु तथा केयर श्रमिकहरूको सूचीकरण, प्रस्थानपूर्व अभिमुखीकरण, सुरक्षित आप्रवासन र योगदानमा आधारीत सामाजिक सुरक्षामा सुचिकरण लगायतका विषय समेटिएको छ । 

क्युपेकद्वारा भक्तपुरमा सामाजिक सुरक्षा बिषयमा प्रशिक्षण सम्पन्न

जिफन्ट अवद्ध  क्युपेक - नेपालको आयोजनामा जेठ २९ गते भक्तपुरमा अनौपचारिक र स्वरोजगार श्रमिकहरुकालागि योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा प्रशिक्षण र सरोकारवालाहरु संग अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । 

भक्तपुर क्षेत्र नं.१ का माननीय रुकेश रन्जित , चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीको उपस्थीती रहेको कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, क्युपेक नेपाल केन्द्रीय अध्यक्ष शान्ता बस्नेत, उपाध्यक्ष योगेन्द्र शर्मा लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा प्रशिक्षित गर्नु भएको थियो ।
 

ह्वीन बागमती मोल्डीङ्ग र हुलास मेटलको अधिवेशन सपन्न

जिफन्ट अवद्ध समग्र उधोग ट्रेड युनियन (ह्वीन) बागमती मोल्डीङ्गको पॅाचौ अधिवेशन जेठ ३० गते सम्पन्न भएको छ ।

ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, प्रदेश अध्यक्ष नविन चौधरीको उपस्थीतीमा भएको अधिवेशनले अहमद मियाँको अध्यक्षतामा एघार ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ।

त्यसैगरी सोही दिन सम्पन्न हुलास मेटल एण्ड क्राफ्टको दोस्रो इकाई अधिवेशनले रजिलाल राजवंशीको ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ।
 

बीपी प्रतिष्ठानका सफाई मजदुरको भेला, श्रम अधिकार कार्यान्वयनमा जोड

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाई कर्मचारी युनियनले जेठ २५ गते बीवी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभीत्र सरसफाईको काम गर्ने श्रमिकहरुको भेला सम्पन्न गरेको छ । 

नेपाल सफाई कर्मचारी युनियन घोपा इकाई धरानको आयोजनामा भएको भेलामा आउटसोर्सिङ मार्फत वर्षौदेखि प्रतिष्ठानमा कार्यरत सफाई मजदुरहरुले श्रम ऐन अनुसारको विदा लगायतका सेवा सुविधा नपाएको गुनासो गरेको छ । 

भेलामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राईले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक कसैले उलंघन नगर्न नमिल्ने भन्नु हुंदै संवाद मार्फत ऐन अनुसारका सेवा सुविधाहरु व्यवस्थापकले उपलब्ध नगराए कानुनी उपचारको अधिकारको हकलाई उपयोग गर्न जिफन्ट बाध्यहुने बताउनुभयो । 

त्यसैगरी नेपाल सफाई कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यामकला मग्रांतीले यस विषयमा व्यवस्थापकसंग संवाद गछौं, समस्याको समाधान नभए ऐनले व्यवस्था गरेको कानुनी लडाईको बाटोबाट अघि बढ्नुको बिकल्प नरहेको बताउनु भएको छ । 
 

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना अपरिहार्य : राई

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अभ्यक्ष भिमज्वाला राइले सडक सुरक्षा सबै नागरिकको साझा जिम्मेवारी भएको भन्दै सवारी साधन सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कोशी प्रदेश सरकार अन्तरीक मामीला तथा कानुन मन्त्रालयले जेठ २४ गते आयोजित सडक सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रममा अध्यक्ष राइले दुर्घटना न्यूनीकरणका लागि चालकको अनुशासन, सवारी साधनको नियमित प्राविधिक परीक्षण, सडक संकेतहरूको पालना तथा जिम्मेवार व्यवहार अत्यन्त आवश्यक रहेको बताउनुभएको थियो ।

 

सीप, क्षमता र संगठन सुदृढीकरणमा नाबुन: निःशुल्क मेकअप तालिम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध रास्ट्रिय सैान्दर्यकर्मी युनियन नेपाल (नाबुन)चन्द्रागिरी नगर कमिटिले जेठ २२ गते निःशुल्क Drag proof makeup बिषयमा तालिम सम्पन्न गरेको छ । 

तालिम कार्यक्रममा नाबुन केन्द्रिय अध्यक्ष सुजना जोशीले नाबुन सदस्यहरूको ज्ञान, सिप तथा नेतृत्व बिकासका लागि युनियनले कार्यक्रम नियमित रूपमा संचालन गर्दै आइरहेको भन्नु हुंदै यस्ता कार्यक्रमले सदस्यहरू बिच एकता सहकार्य र संगठाप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाउने बिस्वास ब्यक्त गर्नु भयो ।

नाबुन  बाग्मती प्रदेश अध्यक्ष करूणा पुरी र करूणा ओलीले Drag proof makeup बिषयमा तालिम दिनु भएको कार्यक्रमको अध्यक्षता नाबुन चन्द्रागिरी नगर कमिटी अध्यक्ष पुनम खड्का क्षेत्रीले र संचालन उपाध्यक्ष उषा कार्कीले गर्नु भएको थियो ।