चिया बगान श्रमिकको ज्याला वृद्धिको माग

 

चिया क्षेत्रमा कृयाशिल ट्रेड यूनियन संघहरू नेपाल कृषी तथा बगान श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले श्रावण ८ गते झापा जिल्ला प्रसाशन कार्यालय मार्फत नेपाल सरकार प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।

न्युनतम पारीश्रमिक बृद्धी गर, रोजगार सम्झोता लागु गर, योगदानमा अधारीत सामाजिक सुरक्षा कार्यान्वयन गर आदी लेखीएको ब्यानर सहित झापा जिल्ला प्रसाशन कार्यालयमा श्रमिक र्याली पुगेको हो ।

गत असार ५ गते उद्योगीलाई आफ्ना मागको बारेमा अवगत गराइएको भएपनी उद्योगीहरूले कुनै वास्ता नगरेको हुनाले साउन १ गतेदेखि ३ वटा ट्रेड यूनियनहरूले संयूक्त रूपमा श्रावण ७ गते सम्म कार्य स्थलमा कालो झन्डा राखी बिरोध गर्दै आउनु भएको थियो ।

दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश