काठमाडौं महानगरभित्र रहेका सार्वजनिक यातायातको टिकट बुकिङ काउन्टरहरूलाई यही साउन २० गतेभित्र व्यवस्थित गर्ने विषयमा सम्झौता भएको छ । काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँग नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीहरू र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन लगायत यातायात क्षेत्रका ३ वटै महासंघहरूबीच साउन १ गते सम्पन्न छलफलबाट उक्त विषयमा सम्झौता भएको हो ।
काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि किटक बुकिङ काउन्टर हटाउने भन्दै गत असार २७ मा सार्वजनिक सूचना प्रकाशित गरेपछि सरोकारवालाहरूले असार ३१ गते विज्ञाप्ति जारी गर्दै महानगरको निर्णयको विरोध गरेका थिए ।