श्रमिक हीतकालागि योगदानमा आधारित सामाजिक सुरक्षा विकल्प रहीत योजना

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकहरूको हीतका लागि योगदानमा आधारित सामाजिक सुरक्षा विकल्प रहीत योजना भएकाले यससको नाममा यो वा त्यो विकल्प नसोच्न सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । 

अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ– नेपाल आवद्ध परिषद (आईटियुसी एनएसी) द्वारा आयोजित "योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा भएका समस्याहरुको विश्लेषण" कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो धारणा राख्नुभएको हो । 

जेठ १९ र २० गते काठमाडौंमा आयोजित उक्त कार्यक्रम जिफन्ट, एनटियुसी र अन्टुफका अध्यक्षहरुको अतिरिक्त प्रमुख नेताहरुको छलफलद्वारा सामाजिक सुरक्षाको विषयमा ७ वर्षका लागि मध्यकालीन कार्ययोजना तय गरेको छ ।