राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) ले जेठ २१ गते जनकपुर उपमहानगरपालिकामा सोन्दर्यकर्मीहरूको भेलाले सरिता कुमारी साहको अध्यक्षतामा ७ सदस्यीय उपमहानगर कमिटी गठन गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट धनुषा जिल्ला समन्वय कमिटी अध्यक्ष रामचन्द्र मण्डलको अध्यक्षतामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नाबुन संयोजक पम्फा देवकोटा पहारीको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झा, नाबुन केन्द्रीय सचिव सुजना जोशी लगायतले निर्वाचित कमिटीहरूलाई शुभकामना तथा बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा नाबुन केन्द्रीय सदस्य तथा मधेश इन्चार्ज सुमित्रा सापकोटा, जिफन्ट पूर्व राष्ट्रिय कमिटी सदस्य राम नरेश सिंह, शिला झा, बिन्दु श्रीवास्तब लगायत नेताहरूको सहभागिता रहेको थियो ।