नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रम संसारमा अएको परिवर्तनसँगै ट्रेड यूनियन अन्दोलनले पनि समय र परिस्थिति अनुरूप कामलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभएको छ ।
अध्यक्ष श्रेष्ठले सो कुरा जेठ २१ गते जिफन्ट सभाहलमा सम्पन्न जुट, गार्मेन्ट, कार्पेट, टेक्सटाइल मजदुर युनियन नेपाल (जुगकाटेमयू) को १९ औँ बैठकलाई सम्बोधन गर्नुहुँदै बताउनु भएको हो ।
जुगकाटेमयू अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न सो बैठकमा जिफन्ट महासचिव लक्ष्मण शर्माले जिफन्टको महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रमहरूलाई यूनियनको कामसँग जोडेर लानु पर्ने भन्नु हुँदै श्रम आन्दोलनमा देखापरेका चुनौतीलाई सामना गर्न योजना बनाउनु पर्नेमा जोड दिनुभएको जुगकाटेमयूका महासचिव हरिभक्त अर्यालले जानकारी दिनु भएको हो ।