नाबुन जितपुरसिमारा उपमहानगर अध्यक्षमा ओमकुमारी शर्मा

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) मधेश प्रदेश र जितपुरसिमारा उपमहानगर कमिटीको जेठ २० गते सिमरामा सम्पन्न अधिवेशनले ओमकुमारी शर्माको अध्यक्षतामा ७ सदस्य मधेश प्रदेश कमिटी र ११ सदस्य जितपुरसिमरा उपमहानगर कमिटी चयन गरेको छ । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी सदस्य तथा नाबुन केन्द्रीय संयोजक पम्फा देवकोटा पहारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झा, सचिव मुक्ती चौधरी, नाबुन केन्द्रीय सचिव सुजना जोशी लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो । 

नाबुन मधेश प्रदेश अध्यक्ष सुमित्रा सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनका प्रमुख अतिथि नाबुन संयोजक पहारीले नाबुनको इतिहास, महत्वको बारेमा बोल्नु हुँदै नवनिर्वाचित दुबै कमिटीलाई शपथ ग्रहण गराउनुभयो।

जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झाले जिफन्टको संरचना र योगदानमा अधारित सामाजिक सुरक्षाबारे प्रकाश पार्नुभएको सो अधिवेशनमा नाबुन केन्द्रीय सचिव सुजना जोशीले नाबुनको संरचना, सदस्यको काम कर्तब्य र अधिकार बारेमा प्रकाश पार्नु भएको थियो ।

दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश