जिफन्ट हेटौंडा उपमहानगरपालिका कमिटीको भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) हेटौंडा उपमहानगर पालिका कमिटीको असेज ४ गते सम्पन् भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज रामेश्वर रानाले नेकपा एमाले सधैं श्रमिकको पक्षमा रहेको बताएका छन् ।

श्रमिक कै हितका लागि एमालेले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गरेको भन्दै सबै श्रमिकहरूकालागि सामाजिक सुरक्षाको थप ग्यारेन्टी पनि एमालेले नै गर्ने भन्दै सामाजिक न्याय र लोककल्याणकारी राज्य व्यवस्था स्थापनाका लागि आगामी मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई जिताउन श्रमिकको सम्पूर्ण शक्ति परिचालित हुन पनि उनले आग्रह गरेका छन् ।

कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले श्रमिकहरुले बनाएको पार्टीको संरक्षण श्रमिकहरुले नै गर्नुपर्ने बताउदै आगामी निर्वाचनमा एमालेलाई जिताउन हरेक श्रमिकले २ मत बढाउने र ५ मत सुरक्षा गर्ने कामका लागि योजना बनाएर लाग्न अनुरोध गर्नु भयो ।

 



जिफन्ट बागमती प्रदेश पुर्व उपाध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्यहरु अर्जुन ढुङ्गेल र जिफन्ट पुर्व उपमहासचिब गिता कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रम बारेमा र उपाध्यक्ष अर्जुन अर्यालले ट्रेड युनियन र राजनिती बारे प्रशिक्षण दिनु भएको थियो ।

 



भेलाले जिफन्ट बागमती प्रदेश पुर्व उपाध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी मजदुर इञ्चार्ज अर्जुन ढुङ्गेलको संयोजकत्वमा ३५१ सदस्यीय मजदुर क्षेत्र निर्वाचन परिचालन कमिटी समेत निर्माण गरेको छ ।