जिफन्टले देशभर अन्तराष्ट्रिय श्रमिक दिवस भब्य रूपमा मनायो

अन्तराष्ट्रिय श्रमिक दिवस मे डे २०२४ को सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले देशभर ५० भन्दा बढी स्थानमा बिभिन्न कार्यक्रमको अयोजना गरी मनाएको छ ।

काठमाण्डो र पोखरामा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसिको अयोजनामा संयुक्त रूपमा श्रमिक र्याली तथा सभाको अयोजना गरी मनाएको हो । 

जिफन्टले पुतलीसडक केन्द्रीय कार्यालयबाट निकालेको श्रमिक र्यालीले नगर परीक्रमा गरी भृकुतीमण्डमा पुगी सभामा परीणत भएको थियो । 

सभामा प्रधानमन्त्री पुकपकमल दाहाल, शेरबहादुर देउवा, शंकर पोखरेल, कमल थापा,  लगाएतका नेताहरूले मे दिवशको शुभकामना मन्तब्य राख्नु भएको श्रमिक सभामा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्वागत गर्नु गर्नु भएको थियो ।

त्यसैगरी गण्डकी प्रदेशको पोखरामा पृथ्वीचोकबाट निस्केको श्रमिक र्यालीले नगर परिक्रमा गर्दै सिर्जना चोक स्थीत साइमन पार्टी प्यालेसमा सभा भएको थियो 

सभामा गण्डकी प्रदेश मुख्य मन्त्री खगराज अधिकारीले उदघाटन गर्नु हुदै श्रम अन्दोलन र सरकार संचालन एक अपसमा परीपुरक रहेको भन्नु हुदै राज्यले श्रमिकलाइ उपेक्षा गरेर अगडी बढ्न नहुने बताउनु भयो 

कार्यक्रममा नेकपा एमाले, माअवादी र नेपाली कांग्रस नेताहरूले शुभकामना राख्नु भएको सभामा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले नया सामाजिक न्याय र मर्यादित कामकालगी ट्रेड युनियनको भुमिकाको बारेमा मन्तब्य राख्नु भएको थियो । 

त्यसैगरी मे दिवस २०८१को सन्दर्भमा जिफण्ट कोशी प्रदेशमा मोरङ जिल्लाको बिराटनगर, सुनसरी जिल्लाको धरान, उदयपुर जनिल्लाको गाइधाट र कटारी संखुवासधा र धनकुटामा जिफन्टले मेदिवस सम्पन्न गरेको छ । 

जिफन्ट प्रदेश अध्यक्ष किशोर धमलाको अध्यक्षतामा बिराटनगरमा सम्पन्न श्रमिक सभा जिफन्ट महासचिव लक्ष्मण शर्माको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो 

सभामा  ने क पा एमाले कोशी प्रदेश अध्यक्ष मा. घनश्याम खतिवडा लगाएतका बिभिन्न संध संस्थाका प्रतिनिधीहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

त्यसैगरी जिफन्ट मधेश प्रदेशको अयोजनामा जनकपुर, सिराहा, सप्तरी, सर्लाही र सिमरामा श्रमिक दिवस सम्पन्न गरेको छ ।

प्रदेश अध्यक्ष कमलेश झाको अध्यक्षतामा नेकपा एमाले सचिब योगेश भट्टराइको प्रमुख अतिथ्यमा सिमरामा सम्पन्न श्रमिक सभा सम्पन्न भयो ।

सभामा जिफन्ट उपाध्यक्ष मन्जु थापा, सचिब तारानीधी पन्त लगाएतका नेताहरूले मे दिवसको शुभकामना दिनु भएको थियो । 

बागमती प्रदेशको धादिङ जिल्लाको धादिङबेशी र खानिखोलामा, दोलखा,, चितवन, हेटैडा, काभ्र, लगाएतका स्थानमा मे दिवस सम्पन्न भएको छ 

मकवानपुर जिल्लाको हेटोडामा श्रमिक र्याली पछी प्रदेश उपाध्यक्ष अर्जुन अर्यालको अध्यक्षतामा सम्पन्न सभाको प्रमुअ अतिथी नेकपा एमाले पोलिटब्यरो सदस्य देवी ज्ञवाली हुनुहशुन्थये भने जिफन्ट उपाध्यक्ष मन्जु थापा, बागमती प्रदेश खानेपानी तथा सिंचाइ मन्त्री एकलाल श्रेष्ठ लगाएतका अतिथीहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

त्यसैगरी गण्डकी प्रदेशमा पोखरा, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा, नवलपुर जिल्लाको देवचुली, गैडाकोट, र मध्येबिन्दुमा र तनहु जिल्लाको दमोली, भिमाड र देउधाटमा मे दिवस सम्पन्न भएको छ । 

लुम्बीनी प्रदेशको बुटवल, बांके, बर्दिया, पाल्पा, अर्धाखांची, दाङ, कपिलवस्तु र नवलपरासीमा जिफन्टले मे दिवस मनायो 

जिफन्ट उपाध्यक्ष कमल गोतमको प्रमुख अतिथ्यमा रूपन्देहीको बुटवलमा श्रमिक र्याली पस्चात सम्पन्न श्रमिक सभामा बुटवल उपमहानगर पालिकालका उपमेयर साबित्रा देवी अर्याल, तिलोतमा नगर पालीका उपमेयर जागेश्वरी चोधरी र सैनामैना नगर पालिकाका उपमेयर बिना राना लगाउतका अतिथीहरूले शुभकामना दिनु भएको थियो । 

त्यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा जिफन्टले अयोजना गरेको श्रमिक र्यालीले बिरेन्द्रनगर नगर परीतक्रमा पस्चात सम्पन्न श्रमिक सभाको अध्यक्षता जिफन्ट कर्णाली प्रदेश कार्यबाहाक अध्यक्ष राधा श्रेष्ठले गर्नु भएको थियो 

जिफन्ट शिक्षा बिभाग सचिब हरी बहादुर कार्कीकत्र प्रमुख अतिथ्यमा सम्पन्न सो सभामा नेकपा एमाले जिल्ला अध्यक्ष मणी देबकोटा, जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्दा धामी लगाएतका नेताहरूले मे दिवसको शुभकामना दिनु भएको थियो । 

त्यसैगरी सुदुर पस्चिम प्रदेशमा जिफन्ले कैलाली जिल्लाको धनगढी, गैरीगंगा नगरपालिका र कञ्चनपुरमा मे दिवस सम्पन्न गरेको छ  ।

धनगढीमा श्रमिक र्याली पछी जिफन्ट प्रदेश अध्यक्ष जित मल्लाको अध्यक्षतामा नेकपा एमाले प्रदेश सचिब रण बहादुर चन्दको प्रमुख अतिथ्यतामा श्रमिक सभा सम्पन्न भयो ।

सभामा जिफन्ट सहकारी प्रवर्धन बोर्डका संयोजक देब बहादुर बम, नेकपा उमाले कैलाली जिल्ला अध्यक्ष यज्ञ प्रसाद ढुङगाना लगाएतका नेताहरूले अन्तराष्ट्रिय श्रमिक दिवस २०८१को उपलक्षमा शुभकामना दिनु भएको थियो ।