Chairman of Surkhet Chamber of Commerce and Industry threatens FAPWUN President

काठमाडौं– सार्वजनिक कार्यक्रमहरुमा उद्योग र उद्यमीलाई प्रोत्साहनका फोहोरा छोड्ने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले नेपालको श्रम ऐन, कानुन र आइएलओका मूल्य मान्यता विरुद्ध ठाडो जवाफ दिंदै नेपालको कानुनलाई नै चुनौति दिएका छन् ।

भेरीगंगा नजगरपालिका ५ कालीदमारमा सञ्चालित अर्गानिक माउन्टेन फ्लेवर प्रा.लि.का सञ्चालक समेत रहेका अधिकारीले नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) केन्द्रीय कमिटीका अध्यक्ष पूर्णचन्द्र उपाध्यायलाई धम्काउँदै सो अभिव्यक्ति दिएका हुन् । नेपाल सरकार, टे«ेड युनियन र रोजगारदाताहरुको त्रिपक्षीय सम्झौतामा बनेको श्रम ऐन कानुनलाई मान्दैन, आईएलओ को हो र ? के नै गर्न सक्छ र ? जस्ता शब्दहरु बोल्दै तथानाम गाली गर्दै अधिकारीले श्रम ऐनको ठाडै अपहेलना गर्ने काम गरिमामय पदको नै बेइज्जती भएको फापुन अध्यक्ष उपाध्यायको भनाई छ । 

श्रमिकको हक अधिकार लागि मेची महाकाली अभियानका क्रममा रहेका केन्द्रीय अध्यक्ष उपाध्याय सहित जिफन्ट कर्णाली प्रदेशका पदाधिकारीहरु सम्मिलित एक समुह गत फागुन १२ गते अधिकारीको उद्योगमा कार्यरत श्रमिकहरुको अवस्था बुझ्न गएको थियो । त्यसको झण्डै दुई हप्ता पछि अध्यक्ष अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम ऐन कानुन र मर्यादाप्रति खुलेआम धम्क्याएका हुन् । 

सो उद्योगमा कार्यरत करिब ४ दर्जन श्रमिकहरुलाई लैगिंक असमान व्यवहार गरेको, पारिश्रमिक, सेवा सुविधामा भेदभाव गरेको गुनासो श्रमिकले गरेका थिए । सो उद्योगमा पुरुष र महिला श्रमिकको ज्यालामा पनि भेदभाव छ । साथै श्रमिकहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम बेतन समेत नदिएको पाइएको थियो । 

श्रमिक खबर ७७३ (१ बैसाख २०८३) Workers’ News 773 (14 April, 2026)
श्रमिक खबर ७७३ (१ बैसाख २०८३) Workers’ News 773 (14 April, 2026)
श्रमिक खबर ७७२ (३० चैत्र २०८२) Workers’ News 772 (13 April, 2026)
श्रमिक खबर ७७२ (३० चैत्र २०८२) Workers’ News 772 (13 April, 2026)
श्रमिक खबर ७६९ (२६ चैत्र २०८२) Workers’ News 769 (9 April, 2026)
श्रमिक खबर ७६९ (२६ चैत्र २०८२) Workers’ News 769 (9 April, 2026)
Laxman Sharma
Laxman Sharma
श्रमिक खबर ७६७ (२४ चैत्र २०८२) Workers’ News 767 (7 April, 2026)
श्रमिक खबर ७६७ (२४ चैत्र २०८२) Workers’ News 767 (7 April, 2026)
श्रमिक खबर ७६८ (२५ चैत्र २०८२) Workers’ News 768 (8 April, 2026)
श्रमिक खबर ७६८ (२५ चैत्र २०८२) Workers’ News 768 (8 April, 2026)
श्रमिक खबर–७६५ (२२ चैत्र २०८२) Workers’ News 765 (5 April, 2026)
श्रमिक खबर–७६५ (२२ चैत्र २०८२) Workers’ News 765 (5 April, 2026)
श्रमिक खबर ७६६ (२३ चैत्र २०८२) Workers’ News 766 (6 April, 2026)
श्रमिक खबर ७६६ (२३ चैत्र २०८२) Workers’ News 766 (6 April, 2026) #shramikkhabar #gefont #workersnews #itwan #GSG #tcwun #ituc #itucnac