नवौँ सामाजिक सुरक्षा दिवसको शुभकामना

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले नवौँ सामाजिक सुरक्षा दिवसको अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमिक तथा सामाजिक न्यायका पक्षधरहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।

‘समृद्ध नेपाल सुखी नेपालीको आधार, सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको अधिकार’ भन्ने संकल्पसहित जिफन्टले सामाजिक सुरक्षालाई सबै श्रमिकको अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिंदै नवौँ सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाली श्रम संसारका सम्पूर्णमा शुभकामना सहित जिफन्ट सम्पूर्ण श्रमिकहरूको मर्यादित काम, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न सरोकारवाला निकाय संग जोडदार माग गरेको छ ।  

त्यसैगरी जिफन्टले नवौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंसिर ११ गते देशभरका स्थानिय तहहरूमा योगदानमा आधारित सामाजिक सुरक्षा तथा ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यविधि, २०८३’ को प्रभावकारी कार्यान्वयन गर्न माग सहित ज्ञापनपत्र बुझाउने भएको छ ।

जिफन्टको निरन्तर पहल र नीतिगत पैरवीको उपलब्धिका रूपमा सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ मन्त्रिपरिषद्बाट जारी भएको प्रति महासंघले महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै नवौँ सामाजिक सुरक्षा दिवसको अवसरमा जिफन्टले पालिकाभित्र कार्यरत सम्पूर्ण श्रमिकहरूको मर्यादित काम, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको हक सुनिश्चितको माग सहित ज्ञापन पत्र बुझाउन लागेको जिफन्ट सचिवालयले जनाएको छ ।