श्रमिकको परिवारको जीवनसँगै उभिनु पनि ट्रेड युनियन आन्दोलनको दायित्व होः जिफन्ट अध्यक्ष श्रेष्ठ
डेनमार्कको 'युनाइटेड फेडेरेसन अफ वर्कर्स' (3F), ग्लोवल युनियनहरू इण्डष्ट्रिअल रआइयुएफका प्रतिनिधीहरूले मंसिर ६ गते राष्ट्रिय श्रम श्रोत केन्द्र, जिफन्ट स्कुल, ट्रेड युनियन पोलिसी इन्स्युट, जिफन्ट मिडिया सेन्टर र राष्ट्रिय श्रम प्रतिष्ठानको अवलोकन गर्नु भएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले स्वागत गर्नु भएको अवलोकन भ्रमणमा थ्रिएफका बुद्धी आचार्य, लिने कैसिली बिरकेनबोर्ग मिक्केल्सेन, टिना एलिसे, क्नुड ओस्टरगार्ड, सादेक, एम. ए. हसन, आइयुएफका श्रुति पाटिदार रइण्डष्ट्रिअलका अशुतोष लगायतका प्रतिनधीहरूको उपस्थीती रहेको थियो ।
