नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले अहिले विश्व डिजिटल र हरित रूपान्तरण गरी एकैपटक दुईवटा महत्वपूर्ण परिवर्तनबाट गुज्रिरहेको र यी दुवै परिवर्तनले हाम्रो काम गर्ने तरिका, उत्पादन प्रणाली, रोजगारीको प्रकृति र श्रमिकको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका बताउनु भएको छ ।
युनियन अफ इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजिज सर्भिसेज इन नेपालले मंसिर ६ गते काठमाण्डेमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्नुहुंदै अध्यक्ष श्रेष्ठले प्रविधिको विकाससँगै कामको प्रकृति परिवर्तन हुन सक्छ र नयाँ सीपको आवश्यकता बढ्न सक्छ।। त्यसैले प्रविधिको विकास सँगै श्रमिकलाई नयाँ सीप सिक्ने, पुनःसीप विकास गर्ने र बदलिँदो श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवसर उपलब्ध गराउनु आवश्यक रहेको बताउनु भएको छ।
अध्यक्ष श्रेष्ठले ट्रेड युनियन प्रविधि विकासको विरोधी होइन, ट्रेड युनियन आन्दोलनले सधैँ उत्पादन प्रणालीको विकास, आधुनिक प्रविधिको प्रयोग र आर्थिक समृद्धिको पक्षमा आवाज उठाउँदै आएको भन्नुहुंदै AI को कारण श्रमिकले आफ्नो रोजगारी गुमाउनुपर्ने अवस्था सिर्जना हुनुहुँदैन। प्रविधिले मानिसलाई विस्थापित गर्ने होइन, मानिसको क्षमता, उत्पादकत्व र कामको गुणस्तर अभिवृद्धि गर्ने माध्यम बन्नुपर्छ र प्रविधिको लाभ रोजगारदाता वा सीमित लगानीकर्तामा मात्र केन्द्रित नभई श्रमिकको आय, समय, सुरक्षा, सीप र जीवनस्तरमा समेत प्रतिबिम्बित हुनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लदिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122212580840435116&type=3