नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) र डेनमार्कको ट्रेड यूनियन 3F को संयुक्त आयोजनामा समावेशी संगठन निर्माण, सीप विकास तथा न्यायपूर्ण संक्रमणका विषयमा छलफल गर्न मंसिर ५ गते देखी साझेदारी बैठक सुरू गरिएको छ।
७ गते सम्म संचालन हुने बैठकमा नेपाल लगायत बङ्गलादेश, भारत, पाकिस्तान, श्रीलङ्का, डेनमार्क र ग्लोबल यूनियनहरू युनी, आईयुएफ र इण्ड्रष्ट्री अलको सहभागिता रहेको छ ।
कार्यक्रममा GEFONT उपाध्यक्ष विदुर कार्कीले जलवायु परिवर्तनका कारण नेपालमा बाढीपहिरो, जनधनको क्षति, पूर्वाधारको विनाश र हजारौँ श्रमिकले रोजगारी गुमाउनुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नीति निर्माण तथा निर्णय प्रक्रियामा श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्न समेत सरकारसँग आग्रह गरिएको छ।
जिपन्टका पूर्व उपाध्यक्ष तथा टुपी सदस्य रमेश बडालले नेपालको श्रम आन्दोलनमा आउटसोर्सको प्रभाव, समाधान र अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुत गर्नु भएको बैठकमा जिफन्टको तर्फबाट उपाध्यक्षहरू विदुर कार्की , सिता लामा, सचिव महेन्द्र लाल श्रेष्ठ, युनिट्राभ अध्यक्ष सुमन पराजुलीको सहभागीता रहेको छ ।