जलवायु न्यायसँगै श्रमिक न्याय सुनिश्चित गर्नुपर्नेमा जिफन्टको जोड

नेपालको निर्माण क्षेत्रमा जलवायु सङ्कटको प्रभाव गम्भीर बन्दै गएको भन्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले जलवायु न्यायसँगै श्रमिक न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

ब्राजिलमा आयोजित बीडब्लुआईको छैटौँ विश्व महाधिवेशनमा जलवायु सँग  सम्बन्धित छलफलमा जिफन्ट सचिब स्मृती लामाले नेपालको अनुभव प्रस्तुत गर्दै जिफन्टले विनाशकारी भोटेकोशी–त्रिशूली बाढीका कारण जिफन्ट परिवारका ५१२ जना सदस्यले ज्यान गुमाएको र धेरै अझै बेपत्ता रहेको जनाएको छ।

लामाले निर्माण क्षेत्रको वातावरणीय जिम्मेवारीसँगै श्रमिकको जीवन, रोजगारी, जीविकोपार्जन र अधिकारको संरक्षण हुनुपर्ने धारणा राख्नु हुंदै जलवायु परिवर्तनका कारण विस्थापित तथा आप्रवासनमा जान बाध्य श्रमिकको सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनु भएको छ।

छलफल कार्यक्रममा प्रतिकूल वातावरणमा संगठित हुनु र बलियो ऐक्यबद्धताको आवस्यकता रहेको भन्नुहुंदै लामाले नेपालका ट्रेड युनियनहरूले संगठन स्वतन्त्रता र सामूहिक सोद्धावाजिको अधिकारकालागि लडिरहेका बताउनु भएको छ ।