जिफन्टद्वारा ओएनएफको नवनिर्वाचित अन्तर्राष्ट्रिय कमिटीलाई बधाई तथा सम्मान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सम्मान गरेको छ।

कार्तिक २८ गते आयोजित कार्यक्रममा गत कात्तिक १८ र १९ गते काठमाडौंमा सम्पन्न ओएनएफको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रभुराम थापा, सचिव रामशरण सिम्खडा र उपसचिव ज्योति शर्मालाई सम्मानपत्र प्रदान गरिएको हो।

जिफन्ट संरक्षक विष्णु रिमालले नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मानपत्र प्रदान गर्दै ओएनएफको भूमिका र गतिविधिबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले नवनिर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। त्यस अवसरमा ओएनएफका नवनिर्वाचित अध्यक्ष प्रभुराम थापाले सम्मानका लागि जिफन्टलाई धन्यवाद व्यक्त गर्नुभयो।

 थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122211697106435116&type=3