जिफन्टद्वारा बाढी उद्धार, राहत तथा पुनर्स्थापनामा योगदान गर्ने स्वयंसेवक सम्मानित

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित श्रमिक तथा सर्वसाधारणको उद्धार, राहत र पुनर्स्थापनामा योगदान गर्ने स्वयंसेवकहरूलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सम्मान गरेको छ।

कार्तिक २८ गते आयोजित कार्यक्रममा अभियानमा योगदान गर्ने स्वयंसेवकहरूलाई बधाई ज्ञापनसहित प्रशंसापत्र प्रदान गरिएको हो।

जिफन्ट संरक्षक विष्णु रिमालले स्वयंसेवकहरूलाई प्रशंसापत्र प्रदान गर्दै जनता पीडामा पर्दा जिफन्टले सधैँ साथ दिँदै आएको बताउनुभयो। उहाँले मानवीय सेवामा जुट्ने जिफन्टको अभियानको प्रशंसा गर्दै स्वयंसेवकहरूलाई बधाई दिनुभयो।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले उद्धार, राहत तथा पुनर्स्थापनाको अभियानमा स्वयंसेवकका रूपमा योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो। कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मण शर्माले गर्नुभएको थियो।

कार्यक्रममा नवीन कार्की, फूलमाया लामा, रामबहादुर श्रेष्ठ, उदाश श्रेष्ठ, ललिता विक, वंशी भट्टराई, राजेन्द्र विष्ट र मंगलकुमार ब्लोनले उद्धार, राहत तथा पुनर्स्थापनाका क्रममा आफूले गरेका अनुभव सुनाउनुभएको थियो।

 थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122211693812435116&type=3