जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

जलवायु सङ्कटले श्रमिक वर्गको जीवन, रोजगारी र जीविकोपार्जनमा पारिरहेको प्रभावप्रति ध्यानाकर्षण गराउँदै कार्तिक २८ गते काठमाडौंमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लगायत एलडीसी वाच, ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) र दक्षिण एसियाली गरिबी उन्मूलन गठबन्धन (सापे) को आयोजनामा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीमा जलवायु क्षतिपूर्ति, पर्याप्त सार्वजनिक जलवायु वित्त तथा श्रमिक र समुदायको जीवन तथा जीविकोपार्जनलाई केन्द्रमा राखेर न्यायपूर्ण रूपान्तरण सुनिश्चित गर्न माग गरेका छन्।

टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) लाई लक्षित गर्दै उनीहरूले जलवायु परिवर्तनसम्बन्धी छलफल, घोषणापत्र र स्वैच्छिक प्रतिबद्धतामा मात्र सीमित नभई ठोस कार्यान्वयनमा जोड दिएका प्रदर्शनमा ऐतिहासिक जिम्मेवारी, समानता तथा साझा तर फरकफरक जिम्मेवारी र आ–आफ्नो क्षमताको सिद्धान्तअनुसार जलवायु सङ्कटको समाधान खोजिनुपर्ने समेत माग गरेको छ।

त्यसैगरी प्रदर्शनमार्फत जलवायु सङ्कट सिर्जना गर्न सबैभन्दा बढी जिम्मेवार पक्षले नै त्यसको क्षतिको मूल्य चुकाउनुपर्ने र जलवायु न्याय सुनिश्चित गर्नुपर्ने र जलवायु सङ्कटबाट प्रभावित श्रमिक तथा समुदायको अधिकार र आवश्यकतालाई केन्द्रमा राख्दै समतामूलक र दिगो भविष्य निर्माणका लागि न्यायपूर्ण रूपान्तरण अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122211698870435116&type=3