अकस्मात आएको अकल्पनीय बाढीले भएको धनजनको क्षतीले जिफन्ट परिवार स्तब्ध

तिब्बत क्षेत्रबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली करिडोरअन्तर्गत रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न बस्तीमा ठूलो क्षति भएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भाद्र १० गते विज्ञप्ति जारी गर्दै अकस्मात् आएको अकल्पनीय बाढीबाट भएको धनजनको क्षतिप्रति जिफन्ट परिवार स्तब्ध भएको जनाएको छ।

प्राकृतिक विपत्तिको यस कठिन घडीमा समस्त नागरिक तथा श्रमिकहरूलाई एकआपसमा सहयोग, सहकार्य र स्वयंसेवी कार्यमा सहभागी हुन जिफन्टले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

यस कठिन परिस्थितिमा जिफन्ट पीडित श्रमिक तथा आमनागरिकको साथमा दृढतापूर्वक उभिएको जनाएको छ। साथै, बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गर्दै प्रभावित क्षेत्रका नागरिकलाई तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ।

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम