ग्रासरुटबाट बलियो ट्रेड युनियन निर्माण गर्नुपर्नेमा जिफन्ट अध्यक्ष श्रेष्ठको जोड

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बलियो ट्रेड युनियन निर्माणका लागि माथिबाट तल आदेश दिने संगठनात्मक संस्कारभन्दा तलबाट माथि शक्ति निर्माण गर्ने अभ्यास आवश्यक रहेको बताउनुभएको छ।

डेनमार्कको ट्रेड युनियन युनाइटेड फेडेरेसन अफ डेनिस वर्कर्स अर्थात् 3F को आयोजनामा काठमाडौंमा सञ्चालन भइरहेको प्रतिष्ठान स्तरको ट्रेड युनियन व्यवस्थापनसम्बन्धी क्षेत्रीय तालिमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले ग्रासरुटलाई केवल स्थानीय कमिटीका रूपमा बुझ्न नहुने भन्नुहुंदै श्रमिकको कार्यस्थल, समुदाय र दैनिक जीवनसँग जोडिएको संगठन नै वास्तविक ग्रासरुट संगठन भएको बताउनु भयो।

बलियो ग्रासरुट संगठन निर्माणका लागि कार्यस्थलको नक्साङ्कन, श्रमिकको आधारभूत तथ्याङ्क संकलन, सदस्यता अभिलेख व्यवस्थापन तथा महिला, युवा र असंगठित श्रमिकको पहिचान गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष श्रेष्ठले सदस्य संख्या मात्र बढाउँदैमा ट्रेड युनियन बलियो नहुने बताउँदै सक्रिय सदस्य निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।

ट्रेड युनियनको वास्तविक शक्ति केन्द्रीय कार्यालय वा पदाधिकारीको पदमा मात्र नभई श्रमिकको कार्यस्थल, दैनिक जीवन र सामूहिक एकतामा रहने भएकोले संगठनलाई कार्यालयमा सीमित नराखी श्रमिक रहेकै स्थानमा पुर्‍याउनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो।
तीन दिनसम्म सञ्चालन हुने तालिममा ‘ग्रासरुटबाट बलियो ट्रेड युनियन निर्माण हाम्रो आजको आवश्यकता र भोलिको जिम्मेवारी’ विषयमा छलफल तथा अनुभव आदानप्रदान भइरहेको छ।

BWI एसिया प्रशान्त क्षेत्रीय संयोजक एपोलिनार टोलेनटीनो र 3F का बुद्धि आचार्यलगायतले सहजीकरण गरिरहनुभएको तालिममा बंगलादेश श्रीलंका र नेपालका ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको छ।
 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम