पत्रकार किशोर श्रेष्ठलाई बिना सर्त रिहा गर

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले प्रेश बिज्ञप्ति मार्फत नागरिक स्वतन्त्रता र कानुनी शासनको रक्षाका लागि नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल तथा श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आफू पनि दृढतापूर्वक उभिएको जनाएको छ।

महासंघले स्थापित नियामक प्रक्रियालाई अघि बढाउँदै पत्रकार किशोर श्रेष्ठलाई बिना सर्त तुरुन्त रिहा गर्न, सञ्चारकर्मीविरुद्ध राज्यका सुरक्षा संयन्त्रको प्रयोग बन्द गर्न तथा संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेको छ ।

साथै, समाचार स्रोत गोप्य राख्ने पत्रकार जगतको लोकतान्त्रिक अधिकारको रक्षा गर्नसमेत जिफन्टले सरकारको ध्यानाकर्षण गराएको छ।