जिफन्टद्वारा युवा सामाजिक सञ्जाल सेवासम्बन्धी तालिम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को सन्दर्भमा युवा सामाजिक सञ्जाल सेवासम्बन्धी तालिम सम्पन्न गरेको छ। साउन २७ गते आयोजित तालिममा युवाहरूलाई सामाजिक सञ्जालको प्रभावकारी र सिर्जनात्मक प्रयोगका साथै डिजिटल सामग्री निर्माणसम्बन्धी ब्यवहारीक ज्ञान तथा सीप प्रदान गरिएको छ ।

तालिममा रामशरण बजगाईं, मोहन पोखरेल, विनोद काफ्ले र अंकित जिसीले भिडियोका विभिन्न ढाँचा तथा उदाहरण,आवश्यक उपकरणको सेटअप, स्क्रिप्ट लेखन, भिडियो छायांकन तथा रेकर्डिङ, एआई प्रविधिको प्रयोगबाट भिडियो निर्माण तथा सम्पादन र सामाजिक सञ्जालका एल्गोरिदमलगायतका विषयमा प्रशिक्षण दिएका दिनु भएको थियो ।

पछिल्लो समय सामाजिक सञ्जाल सूचना, सञ्चार तथा जनचेतना अभिवृद्धिको प्रभावकारी माध्यम बन्दै गएको सन्दर्भमा श्रमिक युवा पुस्तालाई डिजिटल माध्यमको सही र प्रभावकारी प्रयोग गर्न सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको तालिमले युवाहरूलाई सामाजिक सञ्जालमार्फत श्रमिकका मुद्दा, अधिकार र गतिविधिलाई प्रभावकारी रूपमा आमसमुदायसम्म पुर्‍याउन सहयोग पुग्ने जिफन्टले अपेक्षा गरिएको छ।

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव महेन्द्र श्रेष्ठ, प्रचार विभाग सदस्य किरण मालीलगायतका नेताहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा जिफन्ट राष्ट्रिय युवा कमिटीका अध्यक्ष बीके श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्नु भएको थियो ।
थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नु होला

https://www.facebook.com/media/set/?set=a.122202019982435116&type=3

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम