अनौपचारिक श्रमिकहरुको न्यायिक रुपान्तरण बारे सामाजिक संवाद

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (नेपाल आवध्द परिषद) आइटियुसि न्याकले अनौपचारिक श्रमिकहरुको न्यायिक रुपान्तरण शीर्षकमा साउन २० गते सामाजिक सम्वाद कार्यक्रम आयोजना गरेको छ। 

कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) तथा आईटीयुसी–न्याकका अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकको हक, अधिकार र सामाजिक सुरक्षाको सुनिश्चितताकालागि श्रम पक्षीय सामाजिक संवाद अपरिहार्य रहेको बताउनुभयो। 

अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का मापदण्ड अनुसार सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै सामाजिक संवादले श्रमिकमैत्री नीति निर्माण, श्रम सम्बन्ध सुदृढीकरण तथा न्यायपूर्ण रूपान्तरणलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। 

न्यायपूर्ण रूपान्तरणलाई व्यवहारमा कार्यान्वयन गर्न राज्यका नीति, कानुन र कार्यान्वयन प्रक्रियामा समयानुकूल सुधार आवश्यक रहेको उल्लेख गर्दै सरकार, रोजगारदाता र श्रमिकबीच निरन्तर सहकार्य हुनुपर्ने धारणा राख्नु हुंदै अध्यक्ष श्रेष्ठले महिला र युवाकेन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

जिफन्ट उपाध्यक्ष तथा आईटीयुसी–न्याकका सल्लाहकार विदुर कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा आइएलओ नेपालका प्रतिनिधि सोलोमन राजबंशीले "न्यायपूर्ण रूपान्तरण र अनौपचारिक क्षेत्रका श्रमिकका चुनौतीहरूबारे " कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवर, अण्टुफका वरिष्ठ उपाध्यक्ष धन बहादुर वि.क, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौला, ट्रेकिङ व्यवसायी संघका अध्यक्ष सागर पाण्डे, होटल व्यवसायी महासंघ बागमतीका महासचिव माधव दुवाडी, नेपाल निर्माण व्यवसायी महासंघका कार्यकारी अधिकृत राजेश गौतम लगायतका सहभागिहरूले न्यायपूर्ण रूपान्तरणको प्रक्रियामा अनौपचारिक क्षेत्रका श्रमिकको आवाजलाई नीति निर्माण र कार्यान्वयनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम