अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र बिश्व बैंकको आयोजनामा बैसाख ८ गते देखी श्रीलंकामा दक्षिण एसियामा हेरचाह अर्थतन्त्रमा मर्यादित कामको प्रगती बिषयक कार्यक्रमको श्रीलंकाको प्रधानमन्त्रीद्वारा शुभारम्भ गर्नु भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) उपाध्यक्ष तथा नेसनल स्टेक होल्डर Care Working Group of Nepal का सदस्य समेत रहनु भएकी सीता लामाले हेरचाह अर्थतन्त्रमा मर्यादित कामको प्रवर्द्धन र दिगो र समावेशी हेरचाह प्रणाली निर्माणमा सामाजिक संवाद, सार्वजनिक लगानी र नीतिगत समन्वयको भूमिकाबारे प्रकाश पार्नु भएको थियो ।

बैसाख ११ गते सम्म संचालन हुने साउथ फर केयर लर्निङ्ग हव कार्यक्रममा यु एन, अन्तर्राष्ट्रिय श्रम संगठन, रोजगारदाता, सरकार र श्रमिक प्रतिनिधि सहभागी रहेको थियो भने आइएलअ आइएलओ आइटिसी र विभिन्न देशका प्रतिनिधीहरूले भर्चुअल माध्यामबाट सहभागी समेत जनाउनु भएको थियो ।