जिफन्ट कोशी प्रदेशमा श्रमिक सम्बाद कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले कार्तिक २५ गते बदलियको राजनैतीक परिवेशमा श्रमिक सम्बाद कार्यक्रम जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा विराटन‌गरमा सम्पन्न गरेको छ  ।  

अध्यक्ष श्रेष्ठले बदलियको राजनीतिको सन्दर्भमा यस्ले पारेको प्रभाब र यो  परिबेशमा ट्रेड युनियन आन्दोलनको भुमिका बारेमा मन्तब्य राख्नु भएको थियो । 

जिफन्ट उपाध्यक्ष विदुर कार्कीले सम्बाद कार्यक्रमको महत्वको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा महासचिव लक्षमण शर्मा, उपमहासचिब नरनाथ लुइटेल, सचिव बेलिमाया घले लगायतका नेताहरूको सहभागिता रहेको थियो । 

१२० जना सहभागी संवाद कार्यक्रममा १७ जना प्रतिनिधिहरूले जिज्ञासा राख्नु भएको सम्बाद कार्यक्रमको संचालन जिफन्ट कोशि प्रदेश अध्यक्ष किशोर धमलाले गर्नु भएको थियो ।